ताजा समाचार:
Search

लोकतान्त्रीक गठबन्धनको चुनावी अभियान तिव्र

विकल्प न्यूज/बेनी
कार्तिक १९ गते ।


mata data debistanआसन्न मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेसशभा निर्वाचनमा मत माग्न उम्मेदवार सहित लोकतान्त्रीक गठबन्धन गाउँपसेको छ । नेपाली काँग्रेसले नेतृत्व गरेको गठबन्धनले रघुगंगा गाउँपालिकामा चुनावी कार्यक्रम सकेर
धौलागिरि र मालिका गाउँपालिकामा पुगेको छ ।

चरणको चुनावी अभियान अन्र्तगत नेपाली कांग्रेस राप्रपाको लोकतान्त्रीक गठबन्धनको चुनावी आम सभा मालिका गाउँपालिका वडा ५ देबिस्थानमा सम्पन्न भएको छ ।

आम सभालाई सम्वोधन गदै प्रमुख अतिथि नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार खमबहादुर गर्वुजा(खम्वीर)ले म्याग्दीको राजनीतिलाई २० वर्ष निहाल्दै गर्दा हाल सम्म म्याग्दीमा कम्युनिष्टहरुले जितेर जनताको चाहना अनुरुप म्याग्दीमा विकास निर्माण, रोजगार सिर्जना र भौतिकपूर्वाधारका क्षेत्रमा काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले लोकतान्त्रीक गठबन्धनले जितेमा जिल्लाको विकासमा कायपट ल्याउने दावी गर्नुभयो । देश र जनताको हितको लागि काम गर्ने पार्टी भनेको नेपाली कांग्रेस भएकोले आफ्नो विजय भए कम्युनिष्टहरुले २० वर्षमा गर्ने नसकेको परिवर्तन ५ वर्ष मै गरेर देखाउने उम्मेदवार गर्बुजाको दावी छ ।

कार्यक्रममा बोल्दै प्रदेश सभा ख का उम्मेद्वार क्या अमलाल फगामीले पश्चिम भेगलाई नमुृनाको रुपमा विकास गर्ने बताउनुभयो । उम्मेदवार फगामीले मालिका,धौलागिरि र मंगलामा भेटघाटलाई तिव्र बनाउनुभएको छ ।debisthanसमानुपातिक उम्मेदवार बिमला गौचन,नेपाली कांग्रेस देविस्थान गाउँकार्य समितिका उप सभापति भोगबहादुर घर्ति मगरको सभातित्व नेपाली कांग्रेस जिल्ला सदस्य रेक बहादुर पुनको स्वागत,सचिव सन्दीप बिकको संचालनमा सम्पन्न भएको आभसभामा नेपाली कांग्रेस म्याग्दीका जिल्ला सदस्य केबी भण्डारी,अजयमिलन श्रेष्ठ,मनकुमारी बिक,ओम छन्त्याल,युवा नेता भरतबहादुर रकाल,बेनी नगरपालिका नेपाली कांग्रेस सभापति अनोद श्रेष्ठ,मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका,स्थानिय अगुवा कार्यकर्ता दुर्गा बुढाथोकी राप्रपाका योगेन्द्रमान शेरचनले नेपालको राष्ट्रियता जोगाउनको लागि र देशलाई बचाउन, संविधानको संसोधन ,कार्यन्वयन आर्थिक विकास संगै समृद्ध नेपालको लागि लोकतान्त्रीक गठबन्धन बाहेक नेपालमा अर्को बिकल्प नहरेको बताउदै सम्पूर्णलाई लोकतान्त्रीक गठबन्धनलाई मतदान गर्ने आग्रह गरेका छन ।कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिएको थियो ।