राजनैतिक ध्रुवीकरण ः औचित्य र आवश्यकता

राजकुमार थापा /विकल्प न्यूज
कार्तिक १९ गते । rajkumar thapa 11

संघीय गणतन्त्र नेपालको पहिलो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको संघारमा देशमा राजनैतिक ध्रुवीकरण भएको छ । यो ध्रुवीकरणलाई लिएर सकारात्मक र नकारात्मक दुवैथरिका टिप्पणीहरु बजारमा आएका छन् । कसैले यस घटनालाई सामान्य प्रक्रियाका रुपमा लिएका छन् त कसैले यसलाई राजनीतिको नयाँ कोर्षको रुपमा लिएका छन् ।

अहिले भएको ‘वामगठबन्धन’ र ‘लोकतान्त्रिक गठबन्धन’ यस्ता गठबन्धन विगतमा पनि भएका थिए हुन्छन् भनी हल्का टिप्पणी गर्नेहरु बजारमा छ्यापछ्याप्ती भेटिन्छन् । हुन पनि एक महिना अघि भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन, एमाले राप्रपाबीचको गठबन्धन र सरकार बनाउँदा कहिले माओवादी कांग्रेसबीचको गठबन्धन त कहिले कांग्रेस–एमालेको गठबन्धन अनि कहिले एमाले माओवादीबीचको गठबन्धन हाम्रो अगाडि ताजै छ ।

अहिले नेपाली कांग्रेसको नेतृत्वमा राप्रपा लगायत मधेश केन्द्रित दलहरु घोषित अघोषित गठनबन्धन गरी आगामी निर्वाचनलाई आफ्नो पक्षमा पार्न कोशिस गरिरहेका छन् । यसमा माओवादीका कुनै दिनका दोस्रो तहका बाबुराम भट्टराई पनि जोडिएका छन् । त्यसैले गठबन्धन बन्नुको पछाडि २०४६ साल अगाडि पञ्चायतका विरुद्ध कांग्रेस र वाममोर्चाको गठबन्धन बनेको थियो । बहुदलकालमा सरकार बनाउन कांग्रेस, राप्रपा बीच मात्र भएन, एमाले र राप्रपाबीच गठबन्धन बनेको देखिन्छ ।

त्यसैले गठबन्धनको परम्परा नेपाली राजनीतिमा निकै पहिलेदेखि नै चल्दै आउँदा २०६२÷०६३ को जनआन्दोलनमा राजा ज्ञानेन्द्रका विरुद्ध यो देशका कांग्रेस–कम्युनिष्ट लगायत मधेश केन्द्रीत दलहरु एउटै मोर्चा बनाएर निरकुंशता ढालेको देखिन्छ । अहिलेको गठबन्धन विशेषतः राजनीतिक अस्थिरताका विरुद्ध भनेर बुझ्नुपर्दछ । नेपालीको पीडा भनेको दललाई बहुमत दिएर मात्र हुने रहेनछ । किनकी बहुमत प्राप्त दलले पनि ५ वर्ष लगातार शासन गर्न सकेको देखिन्न ।

तत्कालीन स्वार्थ सिद्धका लागि बनेका यस्ता प्राकृतिक/अप्राकृतिक गठबन्धन हाम्रा राजनैतिक इतिहास बनेका छन् र हालको गठबन्धनलाई विगतका गठबन्धनसँग तुलना गरिँदै छ । विगतमा निर्वाचनको परिणामले गर्दा सरकार गठन गर्न गठबन्धन गर्ने प्रचलन भएको देखिन्छ । यसलाई सत्ता स्वार्थ गठबन्धन भन्न सकिन्छ भने अधिकारका लागि गरिएका गठबन्धनहरु २०४६ साल अघिको र २०६२/०६३ को आन्दोलनका लागि गरिएको देखिन्छ । UML Maobadi Karyakarita Bhela (1)अहिले परिस्थिति बदलिएकोले दुईवटा ठूला दलको नेतृत्वमा गठबन्धन हुनुको पछाडि चुनाव पश्चात् सरकार मात्र चलाउने नभै आफ्ना नीति र कार्यक्रम लागू गर्ने उद्देश्यले गरिएको देखिन्छ । अबमा दिनमा चुनावका लागि मात्र नभै नीति र कार्यक्रम मिल्ने दलहरुबीच नै पार्टी एकताको लहर चल्नेछ किनकी सानो दल वा समूहले आफ्नो अस्तित्व जोगाएर आफ्नो राजनीति थामी राख्न सम्भव देखिँदैन ।

वर्तमान गठबन्धनप्रति थुप्रै आशंका र प्रश्न उठ्ने गरेका वा उठाइने गरेका देखिन्छ । जस्तो कि यो निर्वाचन पछाडि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकीकरण गर्दै अन्य वामशक्तिहरुलाई समेत एउटै पार्टीमा समाहित गर्ने घोषणा तथा प्रतिबद्धता सहितको गठबन्धन हो यो । त्यसैले यो वामगठबन्धनलाई हल्का ढङ्गले टिप्पणी गर्नु गलत हुनेछ । के यो निर्वाचन पछाडि साँच्चिकै पार्टी एकीकरण हुन्छ त ? नेपालमा अब के दुई पार्टी मात्रै हुन्छन् त ? आम मान्छेहरुको मनमा प्रश्न उठेका छन् । कतिपयले यो निर्वाचन पछाडि आउने मत परिणामका आधारमा मात्र पार्टी एकीकरणले बाटो लिनेछ नत्र फेरी पुरानै अवस्थामा फर्किनेछ भनेर विश्लेषण गर्ने गरेका छन् ।UML and Maoistकतिपयले माओवादी केन्द्र सत्तालोलुप छ, अध्यक्ष प्रचण्ड व्यक्ति खेलाउन माहिर छन्, चुनावपछि फेरी कांग्रेससँग मिलेर सरकार बनाउँछन् र एमालेलाई प्रयोग मात्र गर्नेछन् भन्ने आँकलन तथा टिप्पणी गर्ने गरेका छन् । नेपाली कांग्रेसका एक थरि नेताहरु माओवादीलाई ४५ प्रतिशत सिट दिएर भए पनि सँगै राख्नुपथ्र्यो त्यसो गर्न सकिएन । अब चुनाव पछाडि पहिलो प्रधानमन्त्री कांग्रेसकै समर्थनमा प्रचण्डलाई बनाउनुपर्दछ भन्ने आशय, लेख, अन्तरवार्ताले थप मलजल गरेको छ । यदि त्यो भयो भने नेपालको कम्युनिष्ट आन्दोलन फेरी एकपटक नेपाली समाजमा बदनाम हुनेछ । त्यस्तो बदनामी हुनबाट बचाउनु सबै वामपन्थी नेता कार्यकर्ताको जिम्मेवारी हो ।

आम नागरिकहरुले प्रश्न गरेजस्तै पक्कै पनि दुई कम्युनिष्ट पार्टीको एकीकरण र एकीकरण पछाडिको अन्तरघुलन तथा भावनात्मक एकता त्यति सजिलो छैन । सैद्धान्तिक हिसाबले माक्र्सवादी भएता पनि स्कुलिङ्ग फरक छ । फरकफरक शैली र स्कुलिङ्गबाट प्रशिक्षित कार्यकर्ताहरुको पंक्ति छ ।

bam goshanaजनताका बीचमा सामाजिक तथा ऐतिहासिक चरित्र फरकफरक छन् । नेकपा एमालेका कार्यकर्ताहरु पुष्पलालको स्कुलिङ्गबाट प्रशिक्षित छन् । मनमोहन अधिकारीका सामाजिक न्यायको नीति तथा कार्यक्रमबाट प्रभावित छन् र जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्छन् भने माक्र्सवादलाई सैद्धान्तिक आधार मान्दछन् तर माओवादी केन्द्रका नेता कार्यकर्ताहरु मोहनविक्रम सिंह स्कुलिङ्गबाट प्रशिक्षित छन् । माओवादलाई सैद्धान्तिक आधार मान्दछन् अनि प्रचण्डपथलाई नजानिँदो ढङ्गले वकालत गर्दछन् ।

जनयुद्धको नाममा हिंसात्मक बाटोबाट क्रान्ति सम्भव देख्दछन् । त्यसैले यी विभिन्न कार्यदिशा तथा स्कुलिङ्गका कारण सजिलै भावनात्मक एकता सहज छैन । तर विविधता बीच एकता हामीले खोज्न सक्नैपर्दछ । समाजवाद हामी सबैको साझा लक्ष्य हो । सुखी नेपाली समृद्ध नेपाल हामी सबै नेपालीको सपना हो । यो साझा सपना पूरा गर्नका लागि लेनिनवादी संगठनात्मक ढाँचा भित्रका हामी कार्यकर्ता हौं । जनवादी केन्द्रीयता वामपन्थी कार्यकर्ताको साझा चरित्र हो जुन हाम्रा कार्यकर्तामा विद्यमान छ ।
इतिहासको समीक्षा, वर्तमान नेपाली समाजको विश्लेषण र भावी नीति तथा कार्यक्रममाथिको एकरुपता, पार्टी एकीकरणको अर्को महत्वपूर्ण आधार हो । सबै खाले सामन्त तथा निरंकुशतासँगको लडाईं हाम्रो इतिहास हो । मानवीय अधिकार प्राप्तिको लडाईं हाम्रो इतिहास हो । छुटफुट बाहेक राजनैतिक तथा अधिकारको लडाई सकिएको छ र हामी नवपूँजीवादमा प्रवेश गरेका छौं । हाम्रो वर्तमान नेपाली समाज अर्ध पूँजीवादी समाज हो । अब हामीले राष्ट्रिय पूँजीको निर्माण गर्दै समाजवादतर्फ उन्मुख हुनुपर्दछ । अब हाम्रा हरेक नीति तथा कार्यक्रम समाजवादी हुनुपर्दछ ।

केही नेता कार्यकर्ताहरु बाहेक सबैको विश्लेषण यही हो । एमालेको तथा दस्तावेज नै बनिसकेको छ भने अर्ध सामन्ती तथा अर्ध औपनिवेसिक नेपाली समाज देख्ने माओवादी केन्द्रका केही नेता कार्यकर्ताहरु अझै छन् । तथापि बृहत छलफल पछाडि साझा टुङ्गोमा पुग्न पनि अब कुनै आइतबारी छैन ।

हामी दुवै पार्टीको सैद्धान्तिक धरातलको चरित्र वर्गीय पक्षधरता हो । आगामी प्रमुख लडाई समृद्धिको लडाईं हो । ‘सुखी नेपाली समृद्ध नेपाल हाम्रो साझा सपना मात्र होइन एक कार्यक्रम तथा आन्दोलन नै हो । यी साझा बुझाइ पछाडि नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकता असम्भव प्रायः शुन्य हुन्छ ।

हामी हाम्रा आम कार्यकर्ता र नेपाली जनतालाई रत्तिभर ढाँट्नुहुँदैन । हाम्रा विगत तिता पनि छन् । हाम्रा थुप्रै नेता कार्यकर्ताहरु हिजोका दिनमा माओवादीबाट मारिएका, लुटिएका, काटिएका, लखेटिएका, अङ्गभङ्ग भएका र पटकपटक प्रताडित भएका छन् । माओवादी केन्द्रको आँखामा एमाले सरकारमा बसेर र सरकारलाई सुराकी गरेर माओवादीलाई सिध्याउन खोजेको आरोपहरु पनि छन् ।

जननेता मदन भण्डारी भन्नुहुन्थ्यो, “राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुँदैनन् ।” यही भनाइलाई मार्गदर्शन मान्दै विगतको तितो यथार्थ हामीले बिर्सनै पर्दछ । हिजो हामी एक अर्का नमिल्दा के गुमायौं भन्दा पनि अब हामी मिल्दा नेपाली जनतालाई के दिन सक्छौं ? हामी कस्तो समाज चाहन्छौं भन्ने कुरालाई केन्द्रीयतामा राख्न सक्नुपर्दछ । हामी जनताका लागि जस्तोसुकै बलिदानी दिन तयार छौं भन्दै कसम खाएर राजनीतिमा लागेका हामी वामपन्थी नेता कार्यकर्ताको वास्तविक कसमको परीक्षामा हामी उत्तीर्ण हुनै पर्दछ ।

वामपन्थी मतको दुई तिहाई वर्चस्व भएको हामी सबैलाई थाहा छ । वामपन्थी नेता कार्यकर्तालाई खेलाएर सँधैं गैर कम्युनिष्टहरु विशेष गरी नेपाली कांग्रेसले सत्ता चलाएको पनि सर्वविदितै छ । २०४६ सालको ऐतिहासिक आन्दोलन पछाडि २०५४ सालको स्थानीय निकायको निर्वाचन बाहेक सबै प्रकारका निर्वाचनहरु नेपाली कांग्रेसको नेतृत्वमा भएको र प्रत्येक निर्वाचनमा सत्ताको दुरुपयोग गरेको पनि कहिकतैं छिपेको छैन ।

कांग्रेसको सत्ता सञ्चालनका सन्दर्भमा उदार अर्थनीतिका कारण ठूला र महत्वपूर्ण उद्योग कलकारखाना तथा संस्थानहरु सबै धरासायी भएको इतिहास हाम्रो सामु छ । पछिल्ला ठूला योजना तथा परियोजनाहरु निर्माणमा सँधैं विदेशी ठेकेदारहरुलाई सुम्पेको र नेपाली जनतालाई अन्तर्राष्ट्रियस्तरमा निकम्मा सावित गरेको पनि हाम्रो आँखा सामु नै छ । जसका कारण राष्ट्रिय पूँजी निर्माण हुन सकिरहेको छैन भने अर्थनीति सँधैं तरल अवस्थामा पुगेको छ । देशमा धनी र गरिबको खाडल दिनदिनै बढिरहेको छ । संसारकै धनीमध्येका व्यक्ति नेपालमा बस्छन् भनेर गर्व एकातिर गरिरहेका छौं भने सामान्य औषधी उपचार नपाएर सुत्केरी बितेका कथा जस्ता यथार्थहरु पनि हाम्रा सामु छन् ।

के हामी सँधैं नेपाललाई यस्तै बनाउन चाहन्छौं ? गरिबी के नेपालीको पहिचान हुन सक्दछ ? अवश्य हुन सक्दैन । त्यसैले सीमित र उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्दै समृद्ध नेपाल र्निाणको महाअभियानका सारथी हामी वामपन्थीहरु बीचको एकता आजको अपरिहार्यता आवश्यकता हो ।
पार्टी एकीकरण पछाडिको निरन्तरताको प्रश्न पनि गम्भीर रुपमा उठेको छ । नेपालका सबैजसो सानाठूला राजनैतिक दलभित्र देखिएको चरम गुटउपगुटका कारण पनि यस्ता शंका उपशंकाहरुले निकै प्रश्रय पाएका छन् । नेकपा एमालेभित्रको गुट उपगुट उत्तिकै हावी छ । उता २०६४ सालको नेकपा माओवादी यो १० वर्षमा ८–९ टुक्रामा विभाजित हुँदै मूलधार नेकपा माओवादी केन्द्रको नाममा विद्यमान छ । वाम गठबन्धनको एक साता नबित्दै हिजोको माओवादीका शक्तिशाली र प्रभावशाली नेता आजका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गठबन्धन तोडे । यस्ता घटनाले एकीकरणको पछाडि बृहत कम्युनिष्ट पार्टी माथि प्रश्न उठेको छ । एकीकरण पछाडि पार्टीलाई एक पार्टी बनाउन । सबैभन्दा महत्वपूर्ण पक्ष इमान्दारिता हो । हिजोका दिनमा एकले अर्कालाई लगाएका आरोप, कटुआलोचना, सबै एउटा कालखण्डमा थियो अब छैन भनी देश र जनतामाथि इमान्दारिता रहनुपर्दछ ।

जिम्मेवारी र अवसरको बाँडफाँड पनि महत्वपूर्ण आधार रहनेछ । योग्यता, क्षमता, क्रियाशिलता, इतिहास सबै पक्षको मूल्याङ्कन गरी अवसरको बाँडफाँड हुन सक्नुपर्दछ । सँगै वामपन्थी नेता कार्यकर्ताहरुको उमेर, समूह र हिजोको आन्दोलनमा संलग्नताका आधारमा सोच र विश्लेषण फरक–फरक छन् । हिजो अधिकार प्राप्तिको लडाईंमा जेलनेल भोगेका नेताहरुले अबको राजनैतिक परिवर्तनलाई फराकिलो ढंगले सोच्नुपर्दछ । जुन सोच र उद्देश्य प्राप्तिका लागि हिजो जेल नेल भोगेको हो, त्यो राजनैतिक जीत प्राप्त भएको छ ।

त्यो पुरानो र पाको पुस्ताप्रति सबैको सम्मान छ र उहाँहरु सम्मानित हुन जान्नुपर्दछ, सक्नुपर्दछ । आज जुन सोचका साथ वामपन्थी गठबन्धन तथा वामपार्टीहरुबीचको एकीकरण प्रक्रिया बढेको छ, त्यो सोचलाई सफलतामा बदल्नैपर्दछ । पक्कै पनि “सुखी नेपाली समृद्ध नेपाल”को बृहत परिकल्पना सहित यो एकीकरण प्रयास भएको छ । समृद्ध नेपालको आधार स्थीर राजनीति, स्थीर सरकार र वैज्ञानिक जनवादी नीति तथा कार्यक्रम एवम् एक्काइसौं शताब्दीको विकास मोडेल हो । बाहिर सतहमा जे देखिएता पनि वास्तवमा यो एकीकरण र विकासवादी नीति तथा कार्यक्रमको अभियन्ता दुवै पार्टीका दोस्रो तहका नेता तथा कार्यकर्ताहरु हुन् ।

त्यसैले नीति अनुसारको नेतृत्वमा मात्र नीतिले सफलता प्राप्त गर्दछ भन्ने विश्वव्यापी मान्यता तथा सफल परीक्षण अनुसार नै शक्तिशाली अनुशासन आयोग निर्माण गरी पहिलो तहका नेताहरु रहने र नेतृत्वमा क्षमताको सही मूल्याङ्कन गरी दोस्रो तहमा नेताको नेतृत्वमा बहृत कम्युनिष्ट पार्टी सञ्चालन गर्ने अवसर प्रदान गर्न सकेमा दीर्घकालीन एकीकरण र एकीकरणको वास्तविक सार्थकता हुनेछ । लेखक थापा नेकपा एमाले म्याग्दीको सचिवालय सदस्य हुन । नवविकल्प साप्ताहिकको वर्ष १० अंक ६ मा प्रकाशित



CLOSE
CLOSE