दरवाङमा युवा संघ र वाईसीएलको संयुक्त भेला

विकल्प न्यूज/बेनी
कार्तिक १९ गते ।

UML and Maoistम्याग्दीको मालीका गाउँपालिकाका युवा संघ र वाईसीएलको संयुक्त कार्यकर्ता भेला शनिबार दरवाङमा सम्पन्न भएको छ । भेलाले आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी, प्रचारप्रसारका लागि ७ वटा वडाबाट ५५ जनाका दरले दुवै संगठनका कार्यकर्तालाई समेटेर गाउँपालीका स्तरीय सचिवालय गठन गरेको छ ।

भेलामा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र सचिवालय सदस्य कृष्णकुमार विश्वकर्माले नेपालमा राजनितिक स्थिरता कायम गरि विकास र सम्बृृद्धीको बाटोमा अघि बढाउन बाम गठबन्धन र एमाले माओवादी एकताको सहमती भएको बताउनुभयो ।

मालीका गाउँपालीकाका उपाध्यक्ष खरमाया बिटालु, बाम युवा नेता तथा मालीका गाउँपालीका ७ का वडा अध्यक्ष रेशम जुक्जाली, माओवादी केन्द्रका गाउँपालीका सचिव गोविन सिउथानी, युवा संघका दिनेश केसीले तालमेलसंगै पार्टी एकतापनी हुन लागेको भन्ने भावनाका साथ एकतावद्ध भएर प्रचारमा जुट्न निर्देशन दिनुभयो ।

युवा संघका गाउँपालीका अध्यक्ष अनिल गौचनको अध्यक्षता, प्रदेशसभा क्षेत्र ख का संयोजक चन्द्र जुक्जालीको सञ्चालन र वाईसीएलका जिल्ला उपाध्यक्ष रुकप्रसाद जुक्जालीको स्वागत मन्तब्यमा भेला सम्पन्न भएको थियो ।