चर्चामा म्याग्दीको प्रदेश १ ः झिनो मतले वाम गठबन्धन अघि

विकल्प न्यूज/बेनी
कार्तिक १५ गते ।

bhim and binodपञ्चायतकालमा एकपटक सहायक,दुई पटक राज्यमन्त्री र पहिलो जिल्ला सभापति लोकतान्त्रीक गठबन्धनबाट उम्मेदवार बन्नुभएका राप्रपाका भिमप्रसाद गौचन र वाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका युवा नेता बिनोद केसीको विच म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ क लाई धेरैले चासोका साथ हेरिएको छ । यो क्षेत्रमा पाका पुस्ता र युवापुस्ता विचको चुनावी भिडन्त रोचक हुने विश्लेषण गरिएको छ ।

म्याग्दीको राजनीतिमा हस्ती र तत्कालीन अवस्थामा जिल्लाको विकासमा महत्वपूर्ण भुमिका खेल्नुभएका ७७ वर्षिय गौचन पञ्चायतकालमा चुनाव जित्न अपनाएको अनेक हत्कण्डाका कारण उत्तिकै बिवादीत पनि हुनुहुन्छ । गौचन १९ वर्षको उमेरमा तत्कालीन पाखापानी गाविसको अध्यक्ष बन्नुभएको थियो । गौचनको लागि यसपालीको चुनाव “फलामे चिउरा” बनेको छ । पाका पुस्तामा लोकप्रिय गौचन र युवा पुस्तामा लोकप्रिय केसी विचको चुनावी प्रतिस्पर्धाले चियापसल,गाउँघर र टोलमा वहशको विषय बनेको छ ।

दश वर्षे जनयुद्धका क्रममा दाजु मदन केसीलाई गुमाएका ३३ वर्षिय बिनोद आन्दोलन र बलीदानबाट राजनीतिमा होमीएका युवा हुनुहुन्छ । जिल्ला खेलकुद विकास समितिको पुर्व अध्यक्ष रहेका केसी माओवादी केन्द्रको बेनी नगर कमिटि उपाध्यक्ष, सचिवालय सदस्य हुनुहुन्छ । म्याग्दी ट्याक्सी व्यवसायी समितिका संस्थापक अध्यक्ष केसी यातायात व्यवसायमा संलग्न छन् ।

binod kc 3जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुँदा म्याग्दीमा सुस्ताएको खेलकुदलाई क्रियाशिल बनाएको र यातायात सेवालाई मर्यादीत एवं व्यवस्थित बनाउन भुमिका खेलेकाले केसी युवा पुस्तामा बलीयो प्रभाव भएको व्यक्ती मानिनुहुन्छ ।

बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेश सभाको क्षेत्र १ क मा ४२ हजार ९९३ जना मतदाता छन् । यो निर्वाचन क्षेत्रमा स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतलाई आधार मान्दा वाम गठबन्धन लोकतान्त्रीक भन्दा ७५९ मतले मात्र अगाडी रहेको वाम गठबन्धनलाई चुनाव जित्न सजिलो भने छैन् । यो क्षेत्र काँग्रेसको वलियो क्षेत्र मानिन्छ । स्थानीय तहको निर्वाचनमा तिनवटै स्थानीय तहमा काँग्रेस विजयी भएको थियो ।

नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार ११ हजार ३८३, एमालेकाले १० हजार २९१, माओवादी केन्द्रकाले दुई हजार ५३९ र राप्रपाले ५८८ मत ल्याएका थिए । लोकतान्त्रीक गठबन्धनका उम्मेदवार गौचनलाई कमजोर संगठन, पार्टीमा आएको बिभाजन, काँग्रेसभित्रको असन्तुष्टि चुनौतीका रुपमा रहेका छन् ।

bhim prasad gauchanगौचनका भाई राप्रपा प्रजातान्त्रीकका केन्द्रिय सदस्य जगतप्रसाद गौचनले दाजुकै क्षेत्रमा बलबहादुर सुनारको उम्मेदवारी दर्ता गरेर फिर्ता गराउन लगाएपनि जगत दाजुको प्रचारमा खुलेर लाग्नुभएको छैन । राष्ट्रिय जनमोर्चाले प्रदेशसभाको क्षेत्र नम्बर १ मा उम्मेदवार नउठाएको र वाम गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको छ ।

स्थानीय तह निर्वाचनमा एमालेसंग तालमेल गरेर बेनपाको उपमेयरमा निर्वाचित राप्रपाकी सञ्जु बरुवालले असहयोग गरेकाले जिसस प्रमुख पद गुमाउनु परेकोमा काँग्रेस कार्यकर्ता राप्रपाप्रति आक्रोशित छन् ।

आफ्नो बलीयो प्रभाव क्षेत्रमा तालमेलका क्रममा राप्रपालाई छाडेको भन्दै काँग्रेसका प्रभावशाली नेता नेत्रबहादुर महत र कर्णबहादुर भण्डारी (केवी)ले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उम्मेदवारी फिर्ता लिएर भण्डारी चुनाव प्रचारमा हिडेपनि महत प्रचारमा हिड्नुभएको छैन ।

म्याग्दीका गाउँ, गाउँमा खानेपानी, घोरेटो बाटो पु¥याएको, विद्यालय स्थापना गर्न भुमिका खेलेको र अहिले हिन्दुराष्ट्रको एजेण्डा लिएर चुनावमा होमीएकाले जनताले विश्वास गरेर जिताउने गौचन बताउनुहुन्छ । माओवादी केन्द्रका उम्मेदवार केसीका लागि संगठनात्मक हिसावले कमजोर राप्रपासंग प्रतिस्पर्धा गर्नुपर्दा अनुकुल हुने बताएपनि निर्वाचन जित्न भने चुनौती रहेको देखिन्छ । केसीलाई युवापुस्ताको बलियो साथ मिल्ने वाम गठबन्धनका नेताहरुको विश्वास छ ।