बाम गठबन्धनको कुहुँमा आमसभा

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १२ कात्तिक ।

Maobadi UML (4)पार्टी एकताको सहमती, मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले आईतबार मंगला गाउँपालीका १ कुहुँमा संयुक्त आमसभा गरेका छन् ।

वडा अध्यक्ष डेगबहादुर राम्जालीको अध्यक्षता, गाउँपालीका उपाध्यक्ष सिर्जना केसीको सञ्चालन र माओवादी केन्द्रकी जिल्ला सल्लाहकार यामकुमारी पुनको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभाका उमेद्वार तथा एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापाले स्थीर सरकार, राष्ट्रियताको रक्षा, विकास र सम्बृद्धीका लागि बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।

प्रदेशसभा क्षेत्र नम्बर खका उमेद्वार एमालेका नेता नरदेवी पुन र माओवादी केन्द्रका समानुपातीक उमेद्वार टेकबहादुर विश्वकर्माले संबिधानमा महिला, दलित, आदीवासीका लागि भएका व्यवस्थाको कार्यान्वयन र म्याग्दीको विकासका लागि एमाले माओवादीको गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो ।

पुर्व सांसद नवराज शर्मा, एमालेका जिल्ला सचिव बालकृष्ण सुवेदी, प्रेमप्रसाद रेग्मी, गाउँपालीका अध्यक्ष सतप्रसाद रोका, माओवादी केन्द्रका नेता देवराज सुवेदी, होमलाल पुनले म्याग्दीका तिन वटै सिटमा बाम गठबन्धनको जित सुनिश्चित भएको भन्दै विगतका तित्ततालाई बिर्सीएर कम्प्युनिष्ट सरकार र बामगठबन्धनलाई दुई तिहाई बहुमत पु¥याउने गरि चुनाव प्रचारमा जुट्न आग्रह गर्नुभयो ।

सो कार्यक्रममा कलाकारहरुले जनवादी गित तथा नृत्य प्रस्तुत गरेका थिए । यसैगरी प्रदेशसभा क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबाट साझा उमेद्वार माओवादीका बिनोद केसीको टोलीले आईतबार अन्नपूर्ण गाउँपालीका ७ हिस्तानको टिकोट, घराम्दी, औला र दोसल्लेमा कार्यकर्ता भेटघाट गरेको छ ।

सो क्रममा उमेद्वार केसीले निती निर्माण तहमा युवाको भावना प्रतिनिधित्व गराउने, म्याग्दीका प्राकृतीक स्रोत साधनलाई परिचालनका लागि लगानी भित्र्याउने वातावरण बनाई रोजगारी सिर्जना गर्ने एजेण्डालाई प्राथमिकता दिएको भन्दै मतदानका लागि आग्रह गर्नुभयो ।
सो टोलीमा एमालेका नेता नारायण पुन, खड्ग गिरी माओवादीका सुवास बिक, वामपन्थी युवा नेता रेशम जुक्जाली लगायतको सहभागीता रहेको थियो । साथै एमाले र माओवादीका कार्यकर्ताहरुलाई समेटेर संयुक्त चुनाव प्रचार र युवा परिचालन समिति गठन भएको छ ।