ताजा समाचार:
Search

बरंजामा जिप दुर्घटना हुँदा ५ जना घाइते

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १२ कात्तिक ।

म्याग्दीको मंगला गाउँपालिका ४ बरंजाको झाँक्रेपानी सोलधारमा आईतबार बेलोरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

बरंजादेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ६०१ नम्बरको जिप उकालो बाटोमा गियर परिवर्तन गर्ने क्रममा ब्याक भएर पल्टीएर दुर्घटना हुँदा चालक सहित पाँच जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

चालक बेनपा ३ का २७ वर्षिय बिष्णु श्रीस, मंगला गाउँपालीका ४ की २१ वर्षिय ललिता रोका, २१ वर्षिया आयुशा रोका, ४० वर्षिया शुशीला रोकालाई थप उपचारका लागि पोखरा रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिव पाठकले बताउनुभयो ।

उहाँका अनुसार ३६ वर्षिया डिलमाया रोका जिल्ला अस्पताल बेनीमा उपचार गरि डिस्चार्ज हुनुभएको छ । घाइतेको अवस्था खतरामुक्त रहेको ट्राफिक प्रहरी प्रमुख पाठकले बताउनुभयो ।