ताजा समाचार:
Search

‘नेपालमा लगानी गर्न आतुर छौं’ः आचार्य

विकल्प न्यूज/कुश्मा
कार्तिक २ गते ।

nrn picगैरआवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित उपाध्यक्ष कुल आचार्यले एनआरएन नेपालको सम्बृद्धीका विषयमा निकै चिन्तित रहेको बताए । उनले बिदेशिएका धेरै युवाहरुको बाल्यकालको शिक्षा कष्टकर भएको भन्दै अब पनि सोहि अवस्था नदोहोरियोस् भन्नका लागि शैक्ष्ँिक क्षेत्रमा सहयोग गर्न पाउ“दा खुशी लागेको बताए ।

पर्वतको कुश्मास्थीत शिवालय माविमा सञ्चालित स्रोतकक्ष्ाँका लागि पर्वत वेलफेयर सोसाइटी युकेद्वारा संकलित १० लाख रकम सहयोग कार्यक्रममा बोल्दै आचार्यले यस्तो बताउनुभएको हो । उहा“ले नेपालीहरु बाध्यताका कारण बिदेशिएका भए पनि आफ्नो मुलुकको समृद्धीका लागि सधैं चिन्तित रहेको बताउनुभयो । ‘हामी रहरले नभइ बाध्यताले बिदेशिएका हौं,’ आचार्यले भन्नुभयो, ‘नेपाली हुनुको पहिचान जनाउनका लागि पनि आफू जन्मेको ठाउ“मा सहयोग गर्न पाउ“दा खुशी लाग्छ ।’ एनआरएनका नवनिर्वाचित पदाधिकारीहरुको पहिलो बैठकले ‘उज्यालो नेपाल’ अभियान सञ्चालनको निर्णय गरेको आचार्यले बताए । मुलुकभर एक करोड एलइडी बल्ब निःशुल्क बितरण गर्ने सर्वसम्मत निर्णय भएको भन्दै उनले त्यसबाट वर्षमा ३०० मेगावाट विद्युत बचत हुने दाबी गरे । एनआरएनले नेपालमा समृद्धी ल्याउनका लागि इन्भेष्टमेण्ट कम्पनी सञ्चालनमा ल्याएको उनले बताए । हाल त्यो कम्पनीले जलविद्युत र बैङ्किङ क्षेत्रमा लगानी गरिरहेको र आगामी दिनमा अरु रोजगारमुलक तथा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने तयारी भएको उनले बताए ।

शिवालय माविमा सञ्चालित दृष्टीबिहिन स्रोत कक्षामा अध्ययनरत बालबालिकाहरुको शैक्षिक सहयोगार्थ गैर आवाशिय नेपालीहरुले १० लाखको अक्षयकोष स्थापना गरेका हुन् । पर्वत वेलफेयर सोसाइटी युकेद्वारा संकलित १० लाख रकम र सोहि बराबरको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरी र दृष्टीबिहिन शिक्षक हरिदत्त शर्मालाई हस्तान्तरण गरियो ।

अक्षयकोष रकम हस्तान्तरण कार्यक्रमका अवसरमा बोल्दै सहयोग रकम संकलन कार्यक्रमका अभियन्ता एवं गैरआवाशिय नेपाली संघ पर्वतका विश्व संयोजक पुरन गिरीले एकपटकको आग्रहलाई स्वीकारेर बिदेशमा बस्ने धेरै नेपालीहरुले सहयोग गरेको बताए । ‘यहा“का दृष्टीबिहिन बालबालिकाको अवस्था निकै दयनिय लाग्यो,’ गिरीले भने, ‘युके पुगेर यहा“को अवस्था जानकारी गराएको केहि समयमै यो रकम जुट्यो । आफ्नो गाउ“मा सहयोग गर्न पाउ“दा निकै प्रफुल्लित भएको छु ।’ पर्वतेली वेलफेयर सोसाइटी यूकेका सल्लाहकार थमनशिंह गुरुङले स्रँेतकक्ष्ाँमा अध्ययनरत बालबालिकाहरुलाई थप सहयोग गर्न तत्पर रहेको बताए । स्रोतकक्ष्ाँमा गुल्मी, तनहु“, बाग्लुङ, पर्वत लगायत बिभिन्न जिल्लाहरुका कक्षा ५ देखि १२ सम्म २२ जना बालबालिका अध्ययनरत छन् ।