तिहारसंगै बेनीमा देउसी भैलोको रौनक बढ्यो(फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, १ कात्तिक ।
तिहारको आगमनसंगै म्याग्दीमा देउसीभैलोको रौनकता बढेको छ । म्याग्दीको सदरमुकाम बेनीका साथै विभिन्न ग्रामिण बस्तीमा सामुदायीक विद्यालय, संघ संस्था, युवा कल्व, आमा समूहले तिहारको अवसरमा देउसी भैलोको आयोजना गरेका छन् ।     IMG_9681 परम्परागत समाजमा मनोरञ्जनका लागि खेलिने देउसी भैलोबाट सामाजिक कामका लागि आर्थिक स्रोत जुटाउने प्रभावकारी माध्यम बनेको हो । धौलागिरी गाउँपालीका ६ मराङमा रहेको जनविकास माविले निजी स्रोतका शिक्षकको तलब भत्ता जुटाउन गाउँमै देउसीभैलो खेलेको छ ।
मालीका गाउँपालकिा ६ दुखुको मालीका आधारभुत विद्यालयको लागि सहयोग जुटाउन स्थानीय मालिका युवा कल्वको टोली पञ्चेबाजा सहितको देउसीभैलो खेल्न सदरमुकाम बेनी आएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखाले कलाकार हित कोष र म्याग्दी साहित्य सञ्चारले साहित्यीक अक्षयकोष स्थापनाका लागि देउसीभैलो खेलेका छन् । IMG_9745(1)नेपाल मगर विद्यार्थी संघ, क्षेत्री समाज, नेपाल छन्त्याल संघले पनी देउसीभैलो आयोजना गरेका छन् । बेनीका टोल टोलमा देउसी भैलो खेल्नेहरुको रौनक बढेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रचारका साथै पार्टीको सन्देश समुदायमा पु¥याउने उद्देश्यले खेलेको छ । IMG_9646नेत्रबिक्रम चन्द् नेतृत्वको नेकपा सम्बद्ध अनेम संघ क्रान्तिकारी र धौलागिरी सांस्कृतीक परिवारले पनि तिहारको देउसी भैलोलाई पार्टीको बिचार प्रवाह तथा आर्थिक सहयोग जुटाउने माध्यम बनाएका छन् । अन्य विभिन्न संघ संस्था, आमा समूह, युवा क्लब देखि बालबालीकाहरु समूह बनाएर देउसीभैलो खेलीरहेका छन् । IMG_9670परम्परागत देखि आधुनिक कला संस्कृतीलाई समावेश गरेर देउसी भैलो खेलीएको छ । जिल्लाको कला संस्कृती संरक्षण, मनोरञ्जन प्रदान संगै अक्षयकोष स्थापना गर्ने उद्देश्यले थाली, कौरा, सिरफुले, सालैजो जस्ता मौलीक गित तथा नृत्य समावेश गरेर देउसी भैलो खेलेको लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले बताउनुभयो । IMG_9670(1)देउसी भैलोमा पछिल्लो समय आनुनिकीकरणको प्रभाव बढेको पाइएको छ । विशेष गरी युवायुवतीहरुको देउसी भैलोमा मौलिकपन हराउँदै जाँदा देउसी भैलोको मर्म नै मेटिने खतरा बढेको बुढापाकाको चिन्ता छ । देउसी भैलोमा आधुनिकीकरणको प्रभाव बढ्नु स्वाभाविक रहेपनि देउसी भैलोको खास महत्व र मर्मलाई भने हराउन दिन नहुने सर्वसाधारणले बताएका छन् । IMG_9769तिहारको समयमा बालबालिकादेखि किशोरकिशोरी, युवायुवतीहरु सामूहिक रुपमा देउसी भैलो गाउँदै नाच्दै आशिष दिने र घरधनीले दिने दान रकम लिने चलन छ । धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस्’ भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको विश्वास गरिन्छ ।