एनआरएनए मा म्याग्दीका कुँवर र बरुवाल

विकल्प न्यूज/बेनी
असोज ३१ गते ।

22491639_10209966809273879_5371682609576025300_nगैरआवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौमा सम्पन्न आठौ विश्व सम्मेलनबाट दुई जना प्रवासी म्याग्देली निर्वाचित भएका छन् ।

एनआरएनएको यूरोप संयोजकमा शिवकुमार बरुवाल र एसिया प्यासिफीक उपसंयोजकमा बिनोद कुँवार निर्वाचित हुनुभएको हो । अन्नपूर्ण गाउँपालीका ६ घारमा जन्मिएका बरुवाल हाल बेल्जीयम र बेनपा ४ डाडाँखेतमा जन्मिएका कुँवर कोरीयामा बसोबास गर्दै आउनुभएको छ ।

काठमाडौमा भएको सम्मेलनमा बरुवालले १४२ र कुँवरले १४५ मत प्राप्त गर्नुभएको थियो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जीयमका संस्थापक अध्यक्ष समेत रहनुभएका बरुवाल नेपाल सरकारको बेल्जीयमका लागि पर्यटन दुत समेत हुनुहुन्छ ।

मोनाका निवर्तमान बरिष्ठ उपाध्यक्ष कुँवर दक्षिण कोरीयामा ब्यवसाय गर्नुहुन्छ । यसैबीच एनआरएनएको ओसिनिया उपसंयोजकमा उमेद्वारी दिनुभएका बेनपा ५ पुलाचौर घर भई हाल न्युजिल्याडमा बस्नुहुने लोकनाथ पौडेल र उहाँका प्रतिस्पर्धीले बराबर ८१ मत प्राप्त गरेपछी गोला प्रथाबाट छनौट गरिने भएको छ ।

यसैगरी पर्वतको जलजला गाउँपालीका ७ धाईरीङमा जन्मनु भएका हाल बेलायतमा व्यवसाय गर्दै आउनुभएका कुल आचार्य एनआरएनएको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । आचार्य यसअघि एनआरएनएको युरोप संयोजक रहनुभएको थियो ।