ताजा समाचार:
Search

पूर्जाद्धारा दानाका दुई विद्यालयलाई डेढ लाख सहयोग

विकल्प न्यूज/बेनी
असोज २४ गते ।Kamal Purja School Lai Help 1म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको दुई वटा विद्यालयलाई एक प्रवासीले बुधबार एक लाख पचास हजार रुपैया सहयोग गर्नुभएको छ ।

दाना घर भई हाल बेलायत बस्नुहुने कमलबहादुर पुर्जाले काभ्रेको सरस्वती आधारभुत विद्यालयलाई एक लाख र ज्ञानप्रकाश माविको छात्रावास भवन निर्माणका लागि पचास हजार रुपैया नगद सहयोग गर्नुभएको हो ।Kamal Purja School Lai Helpम्याग्दी प्रवासी नेपाली संघ मोना युकेका अध्यक्ष समेत रहनुभएका पुर्जाले सरस्वती आधारभुत प्राबीकी प्रअ कमला केसी, श्याम पुन र ज्ञान प्रकाश माविको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जालाई नगद हस्तान्तरण गर्नुभएको थियो । पुर्जाले मंगलबार बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसलाई एक लाख पचास हजार रुपैया सहयोग गर्नुभएको थियो ।
शारिरीक रुपमा अपाङगता भएका पुर्जाले बेलायत सरकारले पेन्सन वापत दिने रकमबाट खर्च कटाएर हालसम्म म्याग्दीका ९ वटा शैक्षिक संस्थालाई करिब दश लाख रुपैया सहयोग गर्नुभएको छ ।

दरवाङको जनप्रिय मावि, भुरुङतातोपानीको सर्वोदय मावि, बेनी सामुदायीक मावि, बिमको किसानी मावि, बेगको महादेव मावि, चिमखोलाको अमर माविलाई एक÷एक लाख रुपैया नगद सहयोग गर्नुभएका पुर्जाले दानाको ज्ञानप्रकाश उच्च माविलाई २ लाख २० हजार १८० रुपैयाँ सहयोग गर्नुभएको थियो ।