विदेशको कमाई समाज सेवामा

सन्तोष गौतम /विकल्प न्यूज
बेनी २४ असोज । IMG_9170एक जना प्रवासीले बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसलाई डेढ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालीका ३ दाना घर भई हाल बेलायतमा बसोबास गर्नुहुने कमलबहादुर पुर्जाले क्याम्पसलाई एक लाख पचास हजार रुपैया नगद सहयोग गर्नुभएको हो ।

मोना युकेका अध्यक्ष समेत रहनुभएका पुर्जाले सो रकम क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठ, क्याम्पस प्रमुख टिकाराम सापकोटालाई हस्तान्तरण गर्नुभएको थियो । म्याग्दी बहुमुखी क्याम्पसमा स्ताकोत्तर तह र प्राबिधिक विषय थप गर्न आयस्रोत जुटाउने उद्देश्यले गत वर्ष सञ्चालीत महायज्ञको क्रममा पुर्जाले सहयोगको घोषणा गर्नुभएको थियो ।

शारिरीक रुपमा अपाङगता भएका पुर्जाले बेलायत सरकारले पेन्सन वापत दिने रकमबाट खर्च कटाएर यसअघि म्याग्दीका ७ वटा शैक्षिक संस्थालाई सहयोग गर्नुभएको थियो । दरवाङको जनप्रिय मावि, भुरुङतातोपानीको सर्वोदय मावि, बेनी सामुदायीक मावि, बिमको किसानी मावि, बेगको महादेव मावि, चिमखोलाको अमर माविलाई एक÷एक लाख रुपैया नगद सहयोग गर्नुभएका पुर्जाले दानाको ज्ञानप्रकाश उच्च माविलाई २ लाख २० हजार १८० रुपैया उपलब्ध गराउनुभएको छ ।IMG_9174दानाको काभ्रेमा रहेको सरस्वती आधारभुत विद्यालयलाई एक लाख रुपैया उपलब्ध गराउने पुर्जाले बताउनुभयो । सोही कार्यक्रममा आगोलागीबाट ध्वस्त भएको बेनपा ४ डाँडाखेतको बालमन्दिर आधारभुत विद्यालय भवन पुननिर्माणका लागि मोना युकेले संकलन गरेको ७५ हजार ८१० रुपैया विद्यालय व्यवस्थापम समितीका अध्यक्ष प्रेमबहादुर बानिया र प्रअ रामप्रसाद शर्मालाई हस्तान्तरण गरिएको थियो ।

यसैगरी पात्लेखेतका पहिरो पिडितहरुको लागि मोना युकेले जुटाएको ७० हजार ६३० रुपैया वडा स्तरीय विपद् व्यवस्थापन कोषका भरत रकाललाई उपलब्ध गराइएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पदाधीकारी र सदस्यहरुको पनी उपस्थिती रहेको थियो ।