मोना अन्तर्राष्ट्रियको अध्यक्षमा थापा निर्वाचित

विकल्प न्यूज/बेनी
असोज २४ गते ।

IMG_9133म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियको अध्यक्षमा चक्र थापा निर्वाचित हुनुभएको छ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा सोमबार राती सम्पन्न मोनाको दोस्रो अन्तराष्ट्रिय महाधिबेशनबाट न्युजल्याण्डमा रहुनभएका जिल्लाको धौलागिरी गाउँपालिका– ७ धारापानीका थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो ।

IMG_9051

महाधिबेशनबाट मोनाको बरिष्ट उपाध्यक्षमा राधिका गुरुङ (टीका), उपाध्यक्षमा ओमनारायण जुग्जाली, योगकुमार फगामी, प्रेम रसाईली, महिला उपाध्यक्षमा भुगोल शेरचन, महा–सचिबमा मिम पुर्जा, सचिबमा हरि राम्जाली, विक्रम कार्की, कोषाध्यक्षमा रामबहादुर खड्का, सह–कोषाध्यक्षमा लोकनाथ पौडेल चयन हुनुभएको छ ।

IMG_9022त्यसैगरि महाधिवेशनबाट मोनाको युरोप महादिप क्षेत्रीय संयोजकमा लक्ष्मण गर्वुजा, एसिया प्यासेपीक क्षेत्रीय संयोजकमा ददीलाल खड्का, अमेरिका क्षेत्रीय संयोजकमा ताराप्रसाद पुन, एसिया प्यासेपिक क्षेत्रीय सहसंयोजकमा ताराबहादुर कार्की, महिला संयोजकमा पूर्णिमा पाईजा लगायत चयन हुनुभएको छ । तीनदिनदेखि जारी महाधिबेशन आज दरबाङ घोषणापत्र जारी गर्दै समापन हुने मोनाले जनाएको छ ।