विदेशमा आर्जेको ज्ञान, सीप र पुँजी भित्र्याउन प्रवासीलाई जनप्रतिनिधिको आग्रह

सन्तोष गौतम /विकल्प न्यूज
दरवाङ २३ असोज ।
IMG_9157
म्याग्दीका जनप्रतिनिधिहरुले प्रवासीहरुलाई बिदेशमा आर्जेको ज्ञान, सिप र पुजीलाई जिल्लामा भित्र्याउन आग्रह गरेका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले सोमबार दरवाङमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख र वडा अध्यक्षहरुले आफ्नो जन्मथलोको आर्थिक विकासका लागि लगानी भित्र्याउन आग्रह गरेका हुन् ।

बिदेशमा आर्जेको पुजी, ज्ञान, सिप र प्रबिधिलाई जिल्लामै रोजगारी सिर्जना गरी अरु नेपालीलाई स्थानीय स्तरमै रोजगार बन्ने गरी उद्यम व्यवसाय गर्न आग्रह गरेका थिए । साथै उनिहरुले शिक्षा, स्वास्थ्य, प्रबिधिको पहुँच विस्तार र सामाजिक रुपान्तरणका अभियानमा प्रवासीको सहयोगको अपेक्षा राखेका छन् ।

बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले लोपोन्मुख कला संस्कृतीको संरक्षणका लागि सहयोग र पर्यटनका लागि होटल क्षेत्रमा लगानी भित्र्याउन आग्रह गर्नुभयो । अन्नपूर्ण गाउँपालीकाका अध्यक्ष डमबहादुर पुनले नयाँ पर्यटकीय स्थलमा होटल, रिसोर्ट खोल्न र प्रवासीहरुको पहलमा जलविद्युत आयोजना बनाउन सुझाव दिनुभयो । IMG_9133मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकाले कृषि र पशुपालन क्षेत्रमा बिदेशमा सिकेको सिप र प्रबिधि भित्र्याई आर्थिक सम्बृद्धी, रोजगारी सिर्जना र आयआर्जन वृद्धीमा भुमिका खेल्नुपर्ने बताउनुभयो ।

मालीका गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोकाले ओखरबोटको तामा, निस्कोट र रुमको स्लेट खानीलाई व्यवस्थीत रुपमा सञ्चालन गर्न लागेको जानकारी गराउँदै शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारमा सघाउन आग्रह गर्नुभयो ।

धौलागिरी गाउँपालीका अध्यक्ष थमसरा पुनले जलविद्युत, कृषि, पर्यटन, पशुपालन र जडिवुटीको व्यवसायीक खेती गरेर आफू स्वरोजगार, आम्दानी र अरुलाई रोजगारी दिन सकिने सम्भावना रहेको बताउनुभयो ।IMG_9051

रघुगंगा गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारीले सिपमुलक तालीम केन्द्र स्थापना गर्न लागीएको बताउँदै सिप सिकेका युवाहरुलाई रोजगारी सिर्जना जन्मथलोमा फर्कीएर उद्यम व्यवसायमा लाग्न आग्रह गर्नुभयो ।

गाउँपालीकाका अध्यक्ष र नगरपालीकाका प्रमुखहरुले निजी क्षेत्र, प्रवासीहरुको जलविद्युत, पर्यटन र कृषि क्षेत्रमा लगानी भित्र्याउन अनुकुल नितीगत व्यवस्था गरेको, स्थानीय स्तरमा समन्वय गरिने, पुर्वाधार निर्माणमा प्राथमिकता दिने प्रतीवद्धता जनाउनुभयो । उहाँहरुले स्थानीय तहको नितीगत व्यवस्था र भावी योजनाको विषयमा समेत जानकारी गराउनुभएको थियो ।

मोनाका अध्यक्ष योगेन्द्र क्षेत्री, संरक्षक प्रकाश पुन, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, मोनाका उपाध्यक्ष बिनोद कुँवरले लगानी भित्र्याउने अनुकुल नितीगत व्यवस्था, काम गर्ने वातावरण र लगानीको सुरक्षा मिलाउनुपर्ने बताउनुभयो ।

मोनाका महासचिव घनश्याम शाहीले सञ्चालन गर्नुभएको कार्यक्रमको संरक्षक चन्द्रकुमार केसीले सहजिकरण गर्नुभएको थियो । आईतबारदेखि सुरु भएको मोनाको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै मंगलबार सकिने जनाइएको छ ।