बिदेशमा आर्जन गरेको सीप र स्रोतलाई मुलुकको सम्बृद्धिमा परिचालन गरौ अध्यक्ष घले

सन्तोष  गौतम /विकल्प न्यूज
असोज २२ गते ।

IMG_9041 IMG_9042रआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले बिदेशमा आर्जन गरेको सिप र स्रोतलाई नेपालको सम्बृद्धीमा परिचालन गर्न चाहेको बताउनुभएको छ ।

मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा आईतबारदेखि सुरु भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष घलेले सो कुरा बताउनुभएको हो ।

“दुई वर्ष अघिको महाभुकम्प र विभिन्न प्राकृतीक प्रकोपमा परेका पिडितहरुको राहत र पुननिर्माणका लागि प्रवासमा रहेका नेपालीहरुले उल्लेख्य मात्रामा सहयोग गरेका छन्” अध्यक्ष घलेले भन्नुभयो “हामी अव बिदेशमा आर्जन गरेको ज्ञान, सिप, पुजी र प्रबिधिलाई नेपालको विकास र सम्बृद्धीमा उपयोग गर्न चाहन्छौ ।”

विभिन्न देशमा रहेका नेपाली संघ संस्थाहरुले आफ्नो जन्मथलोको विकासका लागि गरेको कार्यहरु प्रशसनीय रहेको भन्दै एनआरएनले त्यस्ता कार्यक्रमहरुलाई समन्वय र सहयोग गर्ने अध्यक्ष घलेले बताउनुभयो ।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालमा राजनितिक परिवर्तन पछिको विकास र सम्बृद्धीको अभियानमा गैरआवासीय नेपालीहरुले सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभयो ।
एनआरएनएका उपाध्यक्ष भवन भट्टले नेपालमा प्रवासीको लगानी भित्र्याउन र सम्बृद्धीको अभियानमा समन्वय र सहकार्य गर्न एनआरएनएको आगामी महाधिवेशनको लागि आफुले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेको बताउनुभयो ।

महाधिवेशन उद्घाटनका अवसरमा एनआरएनकर्मी जमुना घले, कुल आचार्य, रञ्जु वाग्ले, त्रिलोक गुरुङ, अर्जुन श्रेष्ठ लगायतले एनआरएनको अभियानलाई गाउँ केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सांसदत्रय नवराज शर्मा, नरदेवी पुन र रेशमबहादुर बानीयाले म्याग्दीको जलविद्युत, पर्यटन र कृषि क्षेत्रको विकासका लागि लगानी भित्र्याउन पहल गर्न प्रवासी म्याग्देलीहरुलाई आग्रह गर्नुभयो ।

महाधिवेशनको अवसरमा मोनाले जिल्लाको सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा र मानव विकासका लागि प्रमुख समस्या मानिएको बालबिवाह र महिला हिंसाको समस्या न्युनीकरणका लागि परिचालन गर्ने गरी अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको थियो ।

महाधिवेशन उद्घाटनका क्रममा उपस्थित अतिथी र सहभागीहरुबाट अक्षयकोषका लागि बिस लाख रुपैया भन्दा बढी सहयोगको घोषणा भएको छ । तिन दिनसम्म चल्ने महाधिवेशनमा विश्वका २२ वटा देशमा रहेका मोनाका प्रतिनिधिहरुको उपस्थिती रहेको छ ।
आगामी दुई वर्षका लागि मोनाको नयाँ नेतृत्व चयन गर्नुका साथै जिल्लाको आर्थिक सामाजिक र भौतिक विकासमा प्रवासीहरुको भुमिकाको विषयमा जनप्रतिनिधि र सरोकारवालासंग छलफल गरिने जनाइएको छ ।

पन्चेबाजा, पुख्यौली नृत्य प्रतियोगिता, विभिन्न जातजातीको झाँकी प्रर्दशनी, सुनीमाया भाकाको प्रस्तुती आयोजना गरिएको छ । यसैगरी जापानी विशेषज्ञहरुको टोलीले विपद् व्यवस्थापन र प्राथमिक उपचार सम्बन्धि तालीम सञ्चालन गरिएको छ ।

मोनाले म्याग्दीको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सञ्चार, विपन्नको उपचार, विपद् व्यवस्थापनमा सहयोगी भुमिका निभाउदै आएको छ । मोनाले म्याग्दीका सबै सामुदायीक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने अभियान सञ्चालन गरेको छ ।

मोनाका अध्यक्ष योगेन्द्र क्षेत्रीको अध्यक्षता, महासचिव घनश्याम शाहीको सञ्चालन र बरिष्ठ उपाध्यक्ष बिनोद कुँवरको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा महिला उपाध्यक्ष टिका गुरुङ, जिल्ला बाल सञ्जालका सचिव रञ्जना श्रेष्ठ, प्रजिअ कृष्णप्रसाद अधिकारी, मोनाका शिवप्रसाद बरुवाल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।