मुख र दाँतलाइ स्वस्थ राख्न अपनाउनुपर्ने टिप्सहरु

परिचय
मुखको सरसफाई सम्पूर्ण शरीरकै सरसफाईको एक भाग भएकोले यसलाई शरीरको सरसफाईबाट अलग गर्न मिल्दैन । दाँत माझ्नु भनेको शरीरको अन्य सरसफाइहरु मुख धुने, कपाल कोर्ने, नङ्ग काट्ने जस्तै हो । मुख स्वस्थ राख्न दिनको कम्तिमा दुई पल्ट– बिहान खाजा वा खाना खाइसकेपछि र राति सुत्दा अघि दाँत माझ्नु पर्दछ । मानिसको जीवनमा दुई समूहका दाँतहरु हुन्छन्– पहिलो दुधे दाँत (एचष्mबचथ)र यो साटिएर आउने स्थायी(एभचmबलभलत) दाँत । दुधे दाँतहरु ६ महिनादेखि ३ वर्षको वीचमा उम्रन्छन् र जम्मा २० वटा हुन्छन् । स्थायी दाँत जन्मेपछि बढ्न सुरु गर्दछन् । दुधे दाँतहरुले स्थायी दाँतको स्थान ओगटेर राखेका हुन्छन् र दुधे दाँत झरे पछि ६–७ वर्षको उमेरमा यी मुखमा उम्रन थाल्दछन् र १८–२५ वर्षको उमेरमा सवै स्थायी दाँतहरु उम्रिन्छन् । स्थायी दाँतहरु जम्मा ३२ वटा हुन्छन् ।

शारीरिक वा स्वास्थ्य सम्बन्धि समस्या भएकाहरु जस्तै– दन्त लेक नियन्त्रणमा कमी, उच्च रक्तचाप, उदासिनता वा मानसिक रोग सम्बन्धी औषधी खाने विरामीहरुमा मुख सुख्खा भएर । बाथको रोग भएकाहरु ।आवश्यकता भन्दा लामो समयसम्म आमाको दुध पिउने वा चिनी भएका गुलियो पेय पदार्थ पिउने (विशेष गरि राति) साना बालबालिकाहरु ।
फ्लोराइड नभएको पानी पीउने वा फ्लोराइड नभएको मञ्जन प्रयोग गर्नेहरु ।
भर्खरै उम्रदै गरेका दाँतहरुमा कीरा लाग्ने खतरा बढी हुन्छ किनभने यी दाँतहरु अरु दाँतको चपाउने सतहभन्दा तल हुन्छन् र दाँत माँझ्दा छुट्न सक्छन् । त्यसकारण ७ वर्ष उमेर मुनिका दाँत माझ्न अभिभावकको सहायताको आवश्यक पर्दछ ।

यसबाट हुन सक्ने जटिल खतराहरु
दाँतमा पटकपटक कीरालाग्ने, दाँतको गीजाँ रातो सुन्निएको र गिजाबाट रगत आउने भई ओठ, गिजा, जिब्रो, जिब्रो मुनिको भाग र मुखको अन्य भागहरुमा अनावश्यक कोष र तन्तुहरुको अनियन्त्रित वृद्धि हुन गई मुखको क्यान्सर पनि हुन सक्छ । दाँतमा कीरा लाग्नु तथा गीजा सुन्निन गई रातो हुने, दुख्ने तथा रगत आउने र ती किटाणुहरु रगतको माध्यमबाट शरीरको अन्य भागमा फैलन गई महत्वपूर्ण अंगहरुलाई पनि क्षति पुर्याउन सक्दछ । जस्तै: मटुको रोग ,पक्षघात ,मधुमेह ,श्वासप्रश्वास प्रणालीसंग सम्बन्धित समस्या जस्तै: न्यूमोनिया ।
गर्भवती महिलालाई पनि यदि दाँत, गीजाँ तथा मुख वरिपरीको कुनै पनि समस्या छ भने बच्चा जन्मनु समय पुग्नु अगाडि जन्मिनु सक्दछ ।

रोकथामका उपायहरु
हाम्रो उद्देश्य समस्या भई सके पछि उपचार गर्न भन्दा समस्या हुन नदिन हो । यदि दाँत कीराले खाने, गीजा सुन्निने, रगत आउने तथा घाउ खटिरा आउने मुख सम्वन्धि कुनै पनि समस्या छ भने तुरुन्त दन्त परीक्षण गराउनु पर्दछ । त्यस बाहेक हामीले हाम्रो जीवनयापन, खानपानमा निम्न लिखित उपायहरु अपनाउन सक्यौ भने यो समस्याबाट बच्न सकिन्छ ।

पोषण र खानेकुरा
दाँत स्वस्थ राख्न खानेकुराको ठूलो भूमिका हुन्छ । क्याल्सियम र फोस्फोरस जस्ता खनिज पदार्थहरु दाँत बढ्दै गर्दा र दाँत बलियो बनाउनका लागि नभई हुँदैन । दुध र दुधबाट बनेका खाद्यपदार्थहरु , अण्डा एवं प्राकृतिक खानेकुराहरु जस्तै :फलफुल र ताजा हरिया तरकारीहरुले दाँत मात्र होइन सम्पूर्ण शरीरनै स्वस्थ राख्नमा सहयोग पुर्याउछ । दाँतमा कीरा लाग्नबाट बचाउन गुलियो खानेकुरा दाँतमा टाँसिने खानेकुरा वा गुलियो र फिँज आउने पेयको मात्रा र पटक दुवै कम गर्नुका साथै यस्ता खानेकुरा खाई सकेपछि दाँत माझ्नुपर्छ नत्र कुल्ला मात्र भए पनि गर्नुपर्दछ । तर फिँज आउने पेय खाएपछि आधा घण्टासम्म बुरुशले दाँत माझ्नु हुँदैन खाली कुल्ला मात्र गर्नुपर्दछ ।गर्भवती महिलाहरुले आफु स्वयं र पेटमा रहेको बच्चालाई स्वस्थ राख्नका लागि गर्भावस्थाको १२ हप्ता पुगेपछि वा चौथो महिनाको शिशुको दाँत र हड्डीको विकासको लागि क्याल्सियम र फोस्फोरस मूल खानेकुराहरु खानु पर्दछ ।

फ्लोराइड मञ्जनको प्रयोग
फ्लोराइड एक खनिज पदार्थ हो जुन प्राकृतिक रुपमा पत्थर, माटो, चिया, पानी र समुद्री माछा आदिमा पाइन्छ । थोरै मात्रामा प्रायः सवै खानेकुराहरुमा पनि पाइन्छ । मानव जातिमा दाँतको बाहिरी सतहमा पाइने यो एक प्राकृतिक तत्व हो । हालै गरेको सर्वेक्षण अनुसार नेपालको पानीमा आवश्यक भन्दा पनि कम मात्रामा फ्लोराइड भएको तथ्य पुष्टि भएको छ । नेपालको भौगोलिक वनावटको कारण यहाँको पानीमा प्राकृतिक रुपमै फ्लोराइड धेरै हुनुपर्छ भन्ने जनविश्वास गलत हो । तसर्थ नेपालको सन्दर्भमा फ्लोराइड पाउने माध्यम भनेको फ्लोराइड युक्त मञ्जनको प्रयोग गर्नु नै हो । फ्लोराइड युक्त मञ्जनले दिनमा दुई पटक दाँत माँझ्नु पर्दछ र दाँत माँझ्दा नरम तथा मध्यम खालको ब्रस प्रयोग गर्नु पर्दछ । व्यवस्थित तरिकाले दाँत माझ्ने बानी बसाल्नुपर्छ । दाँत माझ्दा माथिल्लो दाया कुनाबाट सुरु गरेर माथिल्ला बायातिर मुनी तल्लो बाँया हुँदै तल्लो दाँयाकुनाका दाँतहरु क्रमैसंग माँझ्दै जानुपर्छ । पहिला दाँतको बाहिरी सतह माझ्नुपर्दछ , त्यसपछि दाँतको भित्री अनि चपाउने सतह माझ्नुपर्दछ । यसरी माथि तल, दायाँ, बाँया सवैतिर माझिसकेपछि मञ्जनको फिज सवै सुक्नुपर्दछ वा सकभर थोरै पानीले कुल्ला गर्नुपर्छ । यसो गर्नाले मञ्जनमा भरेको फ्लोराइड लामो समयसम्म रहन्छ र दाँत बलियो बनाउनमा मद्दत पुग्छ ।

गर्भावस्थाको पहिलो तीन महिनामा वाकवाकी लाग्ने वा उल्टी हुने समस्याको कारण दाँतहरु खिइने समस्या हुनसक्छ । तसर्थ यस्तो समस्या भएका महिलाहरुले वाकवाकी लागेको वा उल्टी भएको हरेक पटक सफा पानीले कुल्ला गर्नुपर्दछ ।

आमाहरुले आफ्ना बाल–बालिकाहरुको दाँत माँझिदिनु पर्छ । नवजात शिशुहरुमा मुखमा हानिकारक किटाणुहरु हुँदैनन् । पछि आमाले म्वाइ खाँदा वा खानेकुराहरु चाखेर वा चपाएर खुवाउँदा आमाबाट आफ्ना शिशुमा किटाणुहरु सर्न सक्छन् । त्यसैले दाँत उम्रन थालेदेखि नै शिशुहरुको दाँत माझ्न थाल्नुपर्दछ । बालबालिकाहरु ६–७ वर्ष मुनिको भए वा आफै दाँत माझ्न सक्ने नभएसम्म अभिभावकको निरीक्षणमा दाँत माझ्न सिकाउने र सघाउने गर्नुपर्छ ।

व्यक्तिगत आनि–बानी वा लत
पान, खैनी, सुपारी, धुम्रपान जस्ता लत स्वास्थ्यको लागि हानिकारक छन् । यस्ता बानीहरुले मुखको क्यान्सर जस्तो डर लाग्ने रोग पनि लाग्न सक्छ । त्यसैले यस्ता बानीहरु कम गर्नुपर्छ वा छोड्नु पर्छ ।

नियमित मुखको स्वास्थ्य परीक्षण
नियमित मुखको स्वास्थ्य परीक्षण गर्नाले समस्याहरु समयमै थाहा पाउन सकिन्छ र उपचार गर्न सजिलो हुन्छ । दाँतमा कीरा लागेर प्वाल परेमा , गिजाबाट रगत आएमा वा मुखमा कुनै पनि समस्या भएमा तुरुन्तै दन्त चिकित्सक वा स्वास्थ्यकर्मीसंग जचाईहाल्नुपर्छ । समस्या ठूलो र पीडादायी हुञ्जेलसम्म पर्खनु हुँदैन ।वृद्धावस्थामा खानामा परिवर्तन, सरसफाईमा कमी, औषधीको प्रयोग , ¥याल कम आउने, जस्ता कारणहरुले गर्दा दाँतमा पटक–पटक कीरा लाग्ने र दाँतको जरामा नै कीरा लाग्न गई गिजा सम्वन्धी समस्या देखिन सक्छ । यी सवै समस्याको लागि नियमित रुपमा मुखको स्वास्थ्य परीक्षण गर्नु पर्छ ।

सांराश
अरु अङ्गहरुको स्वास्थ्य प्रति तपाई जति जागरुक हुनुहुन्छ त्यति नै मुख तथा दन्त स्वास्थ्यको जागरुकता पनि आवश्यक देखिन्छ ।