ताजा समाचार:
Search

मोनाको दोस्रो महाधिवेशनको तयारी तिब्र

विकल्प न्यूज/बेनी
असोज १७ गते ।

म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको आगामी हप्ता दरवाङ बजारमा हुने दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको तयारी तिब्र पारिएको छ ।

मालीका गाउँपालीकाको केन्द्र दरवाङमा असोज २२, २३ र २४ गते हुने महाधिवेशनको तयारीका लागि मोनाका पदाधीकारीहरु म्याग्दी आउन थालेका छन् । महाधिवेशनका प्रतिनिधिहरु पनि महाधिवेशनमा सहभागी हुनका लागि गृह जिल्ला आउने क्रम बढेको छ ।mona copyस्थानीय स्तरमा मालीका गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोकाको अध्यक्षतामा गठन भएको समितिले मोनाको सम्मेलनलाई भब्य रुपमा सम्पन्न गराउन व्यवस्थापकीय र समन्वयको काम गरिरहेको छ । मोनाको सम्मेलनलाई ऐतिहाँसीक बनाउन तयारी तिब्र रुपमा अघी बढेको अध्यक्ष रोकाले जानकारी दिनुभयो ।

दरवाङ बजारमा सचिवालय समेत स्थापना भएको छ । विश्वका विभिन्न देशमा छरिएर रहेका म्याग्देलीहरु आवद्ध मोनाको अन्तराष्ट्रिय सम्मेलन सम्पन्न गराउनका लागि मोना आईसीका अध्यक्ष योगेन्द्र क्षेत्रको संयोजकत्वमा मुल र पदाधीकारीहरुको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरीएको छ ।

उपसमितिहरु मार्फत स्थानीय स्तरमा समन्वय, प्रचारप्रसार, आर्थिक संकलन र व्यवस्थापनका लागि सरोकारवालाहरुसंग छलफल गरेर तयारी तिब्र बनाइएको मोनाका महासचिव घनश्याम शाहीले बताउनुभयो ।

बेनीमा सरोकारवालाहरुसंग अधिवेशनको तयारीको विषयमा छलफल गरेको मोनाले दरवाङ बजारमा गाउँपालीकासंग समन्वय गरेर अघि बढ्ने जनाएको छ । आगामी दुई वर्षका लागि मोनाको नयाँ नेतृत्व चयन गर्नुका साथै जिल्लाको आर्थिक सामाजिक र भौतिक विकासमा प्रवासीहरुको भुमिकाको विषयमा जनप्रतिनिधि र सरोकारवालासंग छलफल गरिने मोनाका अध्यक्ष योगेन्द्र क्षेत्रीले बताउनुभयो ।

अधिवेशनको अवसरमा जिल्ला स्तरीय पन्चेबाजा, पुख्यौली नृत्य प्रतियोगिता, विभिन्न जातजातीको झाँकी प्रर्दशनी, सुनीमाया भाकाको प्रस्तुती गरिने भएको छ । परम्परागत कला र संस्कृतीको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता तथा प्रर्दशनीको आयोजना गरिएको मोनाले जनाएको छ ।

यसैगरी जापानी विशेषज्ञहरुको टोलीले विपद् व्यवस्थापन सम्बन्धि तालीम सञ्चालन गर्ने भएका छन् । मोना बेलायतको समन्वयमा तिहार लगत्तै अपाङ्गताभएकाहरुलाई कृतीम अंगको व्यवस्था गर्न बिदेशी बिशेषक्षहरु समेत आउने मोना युकेका अध्यक्ष कमल पुर्जाले बताउनुभयो ।

मोनाले म्याग्दीको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सञ्चार, विपन्नको उपचार, विपद् व्यवस्थापनमा सहयोगी भुमिका निभाउदै आएको छ । मोनाले म्याग्दीका सबै सामुदायीक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने अभियान सञ्चालन गरेको छ ।