म्याग्दीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ८ असोज । जिल्ला प्रहरी कार्यालय म्याग्दीले दसै तिहार लगायत चाडपर्वलाई व्यवस्थित बनाउन सुरक्षा योजना लागू गरेको छ । dsp newचाडपर्वको समयमा सम्भावीत अपराध, दुर्घटना र विकृतीजन्य गतिबिधी नियन्त्रणका लागि योजना लागू गरिएको आईतबार कार्यालयमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको हो । बजार क्षेत्रमा नियमित गस्ती, ग्रामिण गस्ती, मापसे चेकजाँच, छड्के सवासी चेकीङका साथै सादा पोशाकका प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो । DPO myagdiआईतबार मात्रै सिंगा तातोपानीबाट गहना चोरी गरेर भागेका एक व्यक्तिलाई पोखरामा चोरी गरेको सामान सहित पक्राउ गरिएको उहाँले बताउनुभयो । चाडपर्वको समयमा अपराध नियन्त्रणका लागि सावधानी र सर्तकता अपनाउन प्रहरीले सर्वसाधारणलाई अपिल समेत गरेको छ ।

चाडपर्व लगत्तै संघ र प्रदेशसभा निर्वाचनको सुरक्षा योजनाको तयारी गरिएको प्रनाउ खड्काले बताउनुभयो । जुवातास, मदिरा सेवा, चोरी डकैटी, सार्वजनीक सवारी साधनले क्षमत्ता भन्दा बढी यात्रु बोक्ने र भाडाको अनियमितताको चुनौतीलाई समाधानका लागि प्राथमिकता दिएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालयमा गत साउन यता दर्ता भएका २४ वटा मुद्दामा संलग्न ४२ जना प्रतिवादी मध्य ४१ जना पक्राउ परेका छन् । फरार प्रतिवादी र अभियुक्तको खोजीमा बिशेष अभियान सञ्चालन गरेको छ ।

प्रनाउ खड्काले दुब्र्यसनी नियन्त्रणका लागि विद्यालय शिक्षा कार्यक्रम, महिला हिंसा न्युनीकरणका लागि सचेतीकरण एव बैदेशिक रोजगारी, महिलाको भुमिका, दायीत्व र आर्थिक व्यवस्थापन सम्बिन्धि चेतनामुलक कार्यक्रम समेत गरिएको जानकारी दिनुभयो ।