ताजा समाचार:
Search

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा तिर्थयात्री अलपत्र

विकल्प न्यूज/बेनी
असोज ५ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भिरमा पहिरो खसेपछि बुधबार दिउँसोदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङ पुगेका तिर्थयात्रीहरु बाटोमै अलपत्र परेका छन् । बुधवार राती देखि परेको वर्षाका कारण सडक खुलाउन थप समस्या भएको छ । kavre bhirडोजरको सहायताले काभ्रेको भिरमा सडक खुलाउने प्रयास गरिदैँ । तस्विर इन्द्रसिङ शेरचन

सडक फराकीलो बनाउने काम भैरहेको ठाउँमा सुख्खा पहिरो खसेपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो । डोजर परिचालन गरेर पहिरो हटाएर सडकमा यातायात सूचारु गराउन पहल भैरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले बताउनुभयो ।

निरन्तर पानी परिरहेका कारण सडक खुलाउन समस्या भएको उहाँले बताउनुभयो । सडक अवरुद्ध हुँदा विच बाटोमै तिर्थयात्रीहरु अलपत्र परेको घाँसबाट पर्वतका सञ्चारकर्मी गणेश गिरिले बताउनुभयो । उहाँ दुइदिन अघि कागवेनीमा सोह् श्रद्धा गर्न मुस्ताङ पुग्नुभएको थियो । पानी निरन्तरण परिरहेकाले सडक खुल्ने संभावना नभएको प्रहरीले जानकारी दिएको छ,गिरिले भन्नुभयो ‘सयौ तिर्थयात्रीहरु बाटोमै अलपत्र अवस्थामा छन् ।’

निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन समस्या भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले बताउनुभयो । डोजर तयारी अवस्थामा राखिएको छ, उहाँले भन्नुभयो ‘मौसम अनुकुल हुँदा वित्तिकै सडक खुलाउने काम हुन्छ ।’ सडक खुलाउन प्रहरी जनशक्ति पनि परिचालन गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पहिरो ठूलो खसेकाले वर्षा नरोकिए सम्म तत्कालै सडक खुलाउन सम्भव छैन् । मानिसहरु समेत आवत जावत गर्न कठिन छ । सडक अवरुद्ध हुदाँ मुस्ताङको कागबेनीमा सोह् श्राद्ध गरेर घर फर्कन लागेका तिर्थयात्री, आन्तरिक तथा बाह्य पर्यटक र स्थानीय बासिन्दा प्रभावित भएका छन् । पर्यटक र स्याउ ढुवानीको मुख्य सिजनमा पहिरोले सडक अवरुद्ध बनाएको हो ।