क्रियटिभ मिडीयाद्धारा निर्मीत दुई गीतको म्युजीक भिडीयो सार्वजनिक

विकल्प न्यूज/बेनी
भदौ ९ गते । बेनीमा रहेको क्रियटिभ मिडीयाले निर्माण गरेको दुई वटा गीतको म्युजीक भिडीयो शुक्रबार सार्वजनिक गरिएको छ ।

अनील बानियाँले शब्द रचना गर्नुभएको फेसबुक खोलेर….. र एैनासरी…… बोलको म्युजीक भिडीयो सार्वजनीक गरिएको हो । क्रियटिभ मिडीयाका सञ्चालक भुपेन बानियाले निर्देशन, छायांकन र सम्पादन गरेको भिडीयोको गितमा दिपक शर्माको संगित रहेको छ । 20882894_1629227880452921_4931107347862726759_nगलेश्वर, महारानीथान र वौद्ध विहारमा छायांकन गरिएको कृष्ण काफ्ले र रमा अर्यालको स्वर रहेको फेसबुक खोलेर बोलको गितमा लब थापा र फुलु पुनको अभिनय रहेको छ । यो गित लोक पप रोमान्टीक शैलीको छ ।

श्रेसी चेम्जोङले गाएको एैनासरी….. मा धु्रब जिसी र सिमान्त बानियाले अभियन गरेका छन् । गायक समेत रहनुभएका जिसीले यसअघि पनि अभिनय गर्नुभएको थियो । बानियाले भने सोही गितबाट म्युजीक भिडीयामो डेब्यु गर्नुभएको हो ।
पत्रकार भेटघाटमा सार्वजनीक गरिएको दुई वटै म्युजीक भिडीयो शनिबार युटुवमा राखिने बानियाले जानकारी दिनुभयो । स्थानीय परिवेश समेटेर तयार भएको गितको म्युजीक भिडीयोमा पनी स्थानीय कलाकारलाईनै अवसर दिएको निर्देशक बानियाले बताउनुभयो ।

एक दशकदेखि बेनीमा भिडीयो निर्माण गर्दै आएका बानियाँले डेढ वर्षअघि आधुनिक प्रबिधिको क्यामेरा लगायतका उपकरण खरिद गरेर म्युजीक भिडीयो छायांकनलाई व्यवसायीक रुपमा अघि बढाउनुभएको थियो ।
यो अवधिमा ७ वटा गितको म्युजीक भिडीयो निर्माण गरेका बानियाले चलचित्रको छायांकन गर्ने लक्ष्य राख्नुभएको छ । पत्रकार घनश्याम खड्काले म्याग्दीमा गुणस्तरीय म्युजीक भिडीयो निर्माण हुन थालेकोमा खुसी व्यक्त गर्दै कलाकार उत्पादन, उनिहरुलाई अवसर प्रदानका लागि सहयोग मिल्ने बताउनुभयो ।