नवआगन्तुक प्रजिअ अधिकारी र पत्रकारहरुबीच अन्तरक्रिया

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ३१ साउन ।
म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी र जिल्लामा क्रियाशिल पत्रकारहरुबीच मंगलबार प्रशासनमा अन्तरक्रिया भएको छ ।cdioअन्तरक्रियाका क्रममा प्रजिअ अधिकारीले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, सार्वजनीक सेवा प्रवाहलाई सहज बनाउन प्राथमिकता दिने बताउनुभयो । उहाँले सेवा प्रवाहमा देखिएका विकृतीलाई न्युनीकरणका लागि सबै पक्षबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

प्रजिअ अधिकारीले विपद् व्यवस्थापनका लागि वडा स्तरमा विपद् व्यवस्थापन ब्युरो गठन गर्ने तयारी भएको जानकारी दिनुभयो । वडा अध्यक्षको नेतृत्वमा नगरपालीका र गाउँपालीकाका सबै वडा तहमा ब्युरो गठनका लागि गृह मन्त्रालयले निर्देशन दिएको छ ।
ब्युरोले विपद् ब्यवस्थापन, राहत वितरण र खोज तथा उद्धारका लागि सम्बद्ध निकायमा समन्वय गर्ने जनाइएको छ । यसैगरी स्थानीय तहमा कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउन जनप्रतिनिधि र विषयगत कार्यालयहरुसंग समन्वय गर्ने उहाँले बताउनुभयो ।

भेटघाटका क्रममा पत्रकारहरुले जिल्लाको सार्वजनीक सेवा प्रवाहलाई सहज, विकास निर्माणलाई प्रभावकारी बनाउन अनुगमन, शान्ति सुरक्षालाई सुदृढ, बजार अनुगमन, सार्वजनीक यातायातलाई व्यवस्थित, स्थानीय तहमा कर्मचारी व्यवस्थापनलाई प्राथमिकता दिन सुझाव दिएका थिए ।