जलथलेमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

विकल्प न्यूज/बेनी
साउन ३१ गते ।

अन्नपूर्ण गाउँपालीका ३ जलथलेमा पहिरो खसेपछि मंगलबार बिहान देखि बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको छ ।Jalthale Ma pahairo (2)सोमबार राती सडक माथिबाट खसेको पहिरोले सडक पुरीएपछि सवारी साधन र पैदलयात्रीको आवत जावत बन्द भएको हो । बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले डोजर परिचालन गरेर मर्मतको काम सुरु गरिएको जानकारी दिनुभयो ।
ठूलो पहिरो खसेकाले मर्मतका लागि दिनभरीनै लाग्न सक्ने उहाँले बताउनुभयो । बेनीबाट मुस्ताङतर्फ जाने सवारी साधन जलथले र मुस्ताङबाट बेनीतर्फ आउने सवारी साधन गुईठेमा रोकीएका छन् ।
सर्वसाधारणहरु गुईठे नारच्याङ हुदै भुरुङ तातोपानीको पैदलमार्गबाट जावत जावत गर्न बाध्य भएका छन् ।