लिटिल गार्डेनको रथयात्रा

विकल्प न्यूज/बेनी
साउन ३० गते ।IMG_1441बेनी नगरपालीका ८ मा रहेको लिटिल गार्डेन एकेडेमीको आयोजनामा सोमबार बेनीमा श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा रथयात्रा गरिएको छ ।

विद्यालयको पूर्व प्राथमिक तहको आयोजनामा बालबालिकाहरुलाई राधा र कृष्णको भेषमा सजाएर रथयात्रा मार्फत बजार परिक्रमा गराइएको थियो । बालबालीकाहरुलाई चाडपर्व, धर्म र संस्कृतीको महत्वको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

विद्यार्थी, शिक्षक, शिक्षिका, सञ्चालक र अभिभावकहरुको सहभागीतामा रथयात्रा गरिएको थियो । रथयात्राको पुर्व प्राथमिक तहको अभिभावक संघका अध्यक्ष सन्तोष गौतमले उद्घाटन गर्नुभएको थियो ।

पुर्व प्राथमिक तहको भवनबाट सुरु भएको रथयात्रा अस्पतालचोक, शिक्षामार्ग, क्याम्पसचोक, न्युरोड, गणतान्त्रीक चोक, बालमन्दिरचोक, संगमचोक हुदै गणेशटोल स्थित मावि तहको भवनमा पुगेर समापन गरिएको थियो ।

लिटिल गार्डेनले विगत तिन वर्षयता श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा बेनीमा रथयात्रा गर्दै आएको छ । यसैगरी विश्व वातावरण दिवसको अवसरमा तिन वर्षयता म्याग्दी र कालीगण्डकी नदी किनारमा सरसफाई समेत गर्ने गरेको छ ।