राष्ट्रिय युवा जनस्वयमसेवक म्याग्दीका संयोजकद्धारा नेकपा परित्यागको घोषणा

विकल्प न्यूज/बेनी
साउन ३० गते ।

14595815_363269750686981_7338005430904415956_n विप्लव नेतृत्वको नेकपाका जिल्ला स्तरिय नेता खिम बहादुर पुनले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । जिल्ला सदस्य एवम् राष्ट्रिय युवा जन स्वयमसेवक म्याग्दीका संयोजक समेत रहेका पुनले सामाजिक सञ्जाल फेसवुकमार्फत पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।

दशवर्ष जनयुद्धबाट भन्या जस्तो उपलब्धि हुन सकेन ,भयको केही उपलब्धि पनि गुमने खतरा छ । भने हामिले गर्दै आयको योगदानले सामाजिक समस्याको समाधान नहुने देखिएको ले , र केही पारिवारिक समस्याका कारण ले गर्दा आजैका मिति देखि नेकपाको जिल्ला सदस्य र राष्ट्रिय युवा जनस्वयमसेवकको म्याग्दी जिल्ला संयोजक को जिम्मेवारी त्यागेको घोषणा गर्दछु भनेर फेसवुकमा पुनले लेख्नुभएको छ । केही दिन अघि मात्र धौलागिारि व्युरो इञ्चार्ज पारसमणि केसीले पनि पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो ।