ताजा समाचार:
Search

जन्म दिनमा ओमकुमारी शान्तिकोषलाई सहयोग

विकल्प न्यूज/बेनी
साउन ३० गते ।
बेनीका एक जेष्ठ नागरिकले आफ्नो ७५ औं जन्मदिनको अवसर पारेर परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आईतबार सहयोग गर्नुभएको छ । बेनी नगरपालिका ७ ईन्दे्रणीटोलका ७५ वर्षीय नैनकुमार श्रेष्ठले सामाजिक सुरक्षा भत्ताको रकमबाट कोषलाई पाँच हजार रुपियाँ सहयोग गर्नुभएको हो । 20776731_1027466150729628_7813537773956815694_oजटिल रोगबाट थलिएर आर्थिक अभावमा उपचारबाट बञ्चित म्याग्देलीलाई सहयोग गर्न डेढ करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शान्ति कोषले सञ्चालन गरेको अभियानमा श्रेष्ठले पाँचहाजर सहयोग गरि आजिवन सदस्यता लिनुभएको हो । कोषका अध्यक्ष राजेश शाक्यलाई श्रेष्ठले रकम हस्तान्तरण गर्नुभएको थियो । शान्तिकोषको सदस्य हुने उहाँ पहिलो जेष्ठ नागरिक भएको अध्यक्ष शाक्यले बताउनुयभो ।

कोषमा हालसम्म पाँच सय जनाले आजिवन सदस्यता लिएका छन भने १८ जनाले दुई लाख सहयोग गरेर संरक्षक भएका छन् । करिब ४० जना मुटु, मृगौला, रत्तक्यान्सर, आँखा लगायत रोगबाट थलिएका विपन्नलाई सहयोग जुटाएको कोषलाई तिन लाख भन्दा बढी सहयोग गरेर मोना कतार र बहराईन संस्थागत सदस्य बनेका छन् ।

विभिन्न प्रकृतीका बिरामीहरुलाई पचहत्तर लाख भन्दा बढी सहयोग जुटाएको कोषको डेढ करोडको अक्षयकोष स्थापनाका लागि हालसम्म पचास लाख रुपैयाँ भन्दा बढी सहयोग घोषणा भएको छ ।
यसै गरि पहिरो पीडित बेनपा ६ का हर्क वहादुर विकलाई कोषले नगद १५ सय र त्रिपाल सहयोग गरेको कोषले जनाएको छ । शनिवार राती परेको वर्षाका कारण विकको घरमा क्षति पुगेको छ ।