रघुगंगाका जनप्रतिनिधिहरु किन पुगे काठमाण्डौं ?

विकल्प न्यूज/बेनी
साउन २९ गते ।
केन्द्र बिवाद रहेको रघुगंगा गाउँपालिकाका जनप्रतिनिधीहरुले दुई वटा गाउँपालिका बनाउन सरकार समक्ष माग गरेका छन् । गाउँपालिका प्रमुख भबबहादुर भण्डारी सहित साँसद रेशमबहादुर बानियाँ, काँग्रेस सभापति खम्बीर गर्बुजा, काँग्रेस नेता केवी भण्डारी नेतृत्वमा ८ वटै वडाका वडाअध्यक्ष सम्मिलित टोलीले संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छेदारलाई भेटेर आफ्नो क्षेत्रमा दुई गाउँपालिका बनाउन माग गरेका हुन् ।20776670_1264514107011768_5846212293677024759_oस्थानीय तहको निर्वाचन अघि संघीय संरचनामा प्रवेश गर्दा अहिले कायम भएको गाउँपालिकाको केन्द्र पाखापानी तोकिएपछि भगवति, पिप्ले र वेगखोला क्षेत्रका सर्वसाधारणलाई अपायक पर्ने भन्दै उनीहरुले मौवाफाँट केन्द्र बनाईनुपर्ने माग सहित चरणबद्ध आन्दोलन गरेका थिए । तर, त्यतिबेला मागको कुनै सुनुवाइ नभएपछि स्थानीय निर्वाचन मार्फत केन्द्रको टुँगो लगाउनुपर्ने भन्दै निर्वाचनमा होमिएका थिए ।

निर्वाचनपछि आएको जनप्रतिनिधीहरुले पटक–पटक वार्ता र छलफल गरेपनि निस्कर्षमा पुग्न नसकिएपछि दुईवटा गाउँपालिकाको केन्द्रको विकल्पमा उनीहरु पुगेका हुन् । यशो गर्दा पाखापानी र मौवाफाँट केन्द्र रहने र दुबै क्षेत्रका सर्वसाधारणलाई प्रशासनिक सुविधा लिन सहज हुने जनप्रतिनिधीहरुको बुझाई छ ।

भेटमा स्थानीय विकास मन्त्री गच्छेदारले राज्यपुर्नसंरचना गर्दा स्थानीयलाई अपायक परेको सत्यलाई मनन गर्दै दुई गाउँपालिकाका लागि आफुले मन्त्रीपरिषद् वैठकमा प्रस्ताब लैजाने बताएका छन् । ‘हामीले त्यहाँको भुगोलका बारेमा जानकारी गराएपछि मन्त्रीज्यू गम्भिर बन्नुभो, उहाँहरुले यसलाई गम्भिर रुपमा लिएको बताउनुभएको छ’, रघुगँगा गाउँपालिकाका प्रवक्ता जीवन बहादुर मल्लले भने, ‘स्थानीयको आवश्यकता बमोजिम हामीले माग गरेका छौँ ।’ उक्त टोलीले केहिदिन देखि राजधानीमा केन्द्र बिवादका बारेमा राजनीतिक भेटघाटलाई तीब्र बनाएको छ ।

टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट गरेर यस विषयमा जानकारी गराउने जनाएको छ । ‘हामीले प्रधानमन्त्रीलाई समेत भेटेर हाम्रो सवाल राख्नेछौँ, जहाँसम्म लाग्छ यो समस्याको निकाश छिट्टै निस्कनेछ’, उनले भने ।
भगवति, पिप्ले, बेगखोलालाई समावेश गरेर एक र दग्नाम, चिमखोला, कुइनेमँगले, झिँ र पाखापानीलाई समावेश गरेर अर्को गाउँपालिका बनाउन राजनीतिक तहमा लबिङ भइरहेको बुझिएको छ ।

सरकारले दुई गाउँपालिकाको माग पूरा नगरे मध्यमार्गी विकल्पको रुपमा केहि वडाअध्यक्षहरुले दर्मिजालाई केन्द्र बनाउनुपर्ने विकल्प अघि सारेका छन् । यसमा पाखापानी, चिमखोला, दग्नाम, कुईनेमँगले सहमति जनाइसकेका छन् । वेगखोलाको पनि पूर्ण असहमति छैन् । मतदानमा गएको खण्डमा पाखापानी र मौवाफाँट कुनमा बढी मत पर्छ भन्ने स्पष्ट खुल्न नसक्दा जनप्रतिनिधीहरु समेत अलमलमा परेका छन् ।