जेष्ठ नागरिकद्धारा सामाजिक सुरक्षा भत्ताको रकम पहिरो पीडितलाई सहयोग

विकल्प न्यूज/बेनी
साउन २९ गते ।
बेनीका एक जेष्ठ नागरीकले आफूले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता वापतको रकम पहिरो पीडितलाई सहयोग गरेका छन् ।

बेनी नगरपालीका ७ ईन्दे्रणीटोलका ७५ वर्षिया नैनकुमार श्रेष्ठले पहिरोले घर भत्कीएर विस्थापित भएकी बेनपा १० पात्लेखेतकी खम्बी गर्बुजालाई आईतबार आठ हजार रुपैया उपलब्ध गराउनुभएको हो ।

IMG_1333गत आर्थिक वर्षको अन्तिम चौमासीकमा आफूले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता वापतको रकम पहिरो पिडित गर्बुजाको घर पुननिर्माणका लागि सघाउ पुगोस भनेर उपलब्ध गराएको श्रेष्ठले बताउनुभयो । बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ मार्फत गर्बुजालाई रकम हस्तान्तरण गरिएको थियो ।

नगर उपप्रमुख सञ्जु बरुवाल, बेनपा १० का वडा अध्यक्ष रिम रोका, ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, नगर कार्यपालीका सदस्य योगेन्द्रमान शेरचन र कार्यकारी अधिकृतको उपस्थितीमा रकम हस्तान्तरण गरिएको थियो ।