मुस्ताङमा हावाबाट बिजुली निकाल्ने योजनाको उद्घाटन

निरज थकाली/मुस्ताङ
मुस्ताङ, २८ साउन ।

मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याइएको हावाबाट विद्युत उत्पादन गर्ने परियोजनाको शनिबार पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्नुभएको छ ।
ओलीले हावाबाट बिजुली निकाल्ने आफ्नो योजना पुष्टी भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नवलपरासी र मकवानपुरमा पनी यस्ता आयोजनाको सम्भावना रहेको बताउँदै देशको विकास र सम्बृद्धीका लागि आफूले देखेको सपना पुरा भएरै छाड्ने ठोकुवा गर्नुभयो ।Kagbeni-Mustangउहाँले मुस्ताङ स्थित कोरला नाका सञ्चालनमा ल्याउन चिन सरकारसंग उच्च प्राथमिकताका साथ छलफल अघि बढाएको जानकारी दिनुभयो । हेलीकप्टरबाट मुस्ताङ आउनुभएका ओलीले शनिबारनै कोरना नाका क्षेत्रमा पुगेर त्यहाँको अवस्थाको बारेमा अनुगमन गर्नुभएको थियो ।

पूर्वाधार निर्माण र अन्य अवस्थाको बारेमा सुरक्षा अधिकारीहरुसंग जानकारी लिनुभएको थियो । कोरला नाका सञ्चालनका लागि कालीगण्डकी कोरीडोर सडक निर्माण र कुटनितीक पहल भैरहेको उहाँले बताउनुभयो ।

बुद्ध पावर प्रालिले हावाबाट तिन किलोवाट विद्युत् उत्पादन गरेको हो । स्पेनिस लगानीकर्ता राफेल भेनस पिच र गैरआवासीय नेपाली संघका पुर्व सल्लाहकार पुस्कर तिमील्सेनाको पहलमा जिल्ला प्रहरी कार्यालय मुस्ताङ परिसरमा केही महिनाअघि योजना निर्माण भएको थियो ।

स्ेपनिस प्रबिधिको प्रयोग गरेर विद्युत उत्पादन गरिएको हो । फलामको अग्लो खम्बाको टुप्पोमा राखिएको मदानी प्रकृतिकै पङ्खालाई हावाले घुमाएर विजुली निस्कने प्रबिधि जडान गरेको तिमिल्सीनाले बताउनुभयो । हावाबाट निकालीएको विद्युत जिल्ला प्रहरी कार्यालयमा प्रयोग गरिएको छ ।

परिक्षण सफल भएपछि आयोजना सरकारलाई हस्तान्तरण गरेको तिमील्सीनाले बताउनुभयो । उहाँका अनुसार जोमसोममा हावाबाट ४० मेगावाट क्षमत्ताको विद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । बढी हावा बहने समयमा यो आयोजना सञ्चालनमा आउनेछ ।

अन्य समयका लागि व्याकअपको रुपमा सौर्य प्रणाली पनि जडान गरिएको छ । उक्त योजनाको उपकरणहरु स्पेनबाट ल्याइएको हो । यसअघि मुस्ताङकै कागबेनीमा हावाबाट बिजुली उत्पादन गरिए पनि कमजोर व्यवस्थापनका कारण छ महिनामै बन्द भएको थियो । नेपालमा लोडसेडीङ अन्त्यका लागि तत्कालीन प्रधानमन्त्री ओलीले हावाबाट बिजुली निकाल्ने योजना सार्वजनीक गर्दा अनौठो मानेका मुस्ताङका बासिन्दा अहिले उक्त योजना सफल भएकोमा दंग परेका छन् ।