राष्ट्रिय सम्मेलनका लागि अखिल क्रान्तिकारी म्याग्दीद्धारा प्रतिनिधि छनौट

विकल्प न्यूज/बेनी
साउन २८ गते ।
भदौ ७ देखि ११ गतेसम्म काठमाडौमा हुने अखिल क्रान्तिकारीको १२ औ राष्ट्रिय सम्मेलनमा म्याग्दीबाट सहभागी हुने प्रतिनिधिहरुको शनिबार छनौट गरिएको छ । अखिल क्रान्तिकारी म्याग्दीका अध्यक्ष सुदिन पौडेलको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रुपमा दश जना राष्ट्रिय सम्मेलन प्रतिनिधि छनौट गरेको हो ।

karantikariधिरन खत्री, सुधिर श्रेष्ठ, सन्दिप निउरे, सागर आचार्य, नम्रता पौडेल, अमृता थापा, रसीला बस्नेत, डिल्लीराज शर्मा, कुशम पाण्डे र शंकर शर्मालाई प्रतिनिधि चयन गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । बैठकमा अखिल क्रान्तिकारीका उपाध्यक्ष दलबहादुर जिसी र नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक गोविन्द पौडेलले प्रशिक्षणात्मक मन्तब्य व्यक्त गर्नुभएको थियो ।