पात्लेखेत पहिरो पीडितलाई मोनाकतारबाट आर्थिक सहयोग

विकल्प न्यूज/बेनी
साउन २८ गते ।
बेनीनगरपालिका–१० पात्लेखेतकापहिरो पीडितलाई कतारमा रहेका म्याग्देलीहरूले आर्थिक सहयोग गरेका छन् । गाउँनजिक रहेको बान्द्रखाल्टी पहिरोले पूर्ण रुपमाविस्थापितभएकाचार घरलाई शनिबार प्रति परिवार ८ हजारको दरले ३२ हजार आपतकालिन राहत वितरण गरिएको छ । IMG_3356रोजगारको सिलसिलामाकतारमा रहेकाम्याग्देलीहरूको साझा संस्थाम्याग्दीप्रवासी नेपाली संघ (मोना) कतारले पहिरोले विस्थापितभएर छिमेकीको घरमाबसोबास गरिरहेकाखीमबहादुर सार्की, लालबहादुर हमाल, विमला नेपाली र खम्बीगर्बुजालाई वडा अध्यक्ष रिमप्रकाशपुनमार्फत सहयोग हस्तान्तरण गरिएको थियो । वडा अध्यक्षपुनले सहयोग संकलनअभियानजारी रहेको बताउँदै पीडितको उचितब्यवस्थापनगरिने बताए ।

्सहयोग हस्तान्तरण कार्यक्रममाओमकुमारी शान्तिकोषकाकार्यसमिति सदस्यभिमनाथशर्मा लगाएत स्थानीयबासीको सहभागिता रहेको थियो । मोनाकतारकाअध्यक्ष रमेश पौडेलले टेलिफोनमाविपत्मा सहकार्य गरी अगाडी बढ्नुपर्ने बताउँदै विश्वभर रहेकाम्याग्देलीहरुलाई अभियानमा सहभागिहुन अनुरोध गरे ।

उनले आपत्कालिन सहयोग कोषमार्फत पिडीतलाई तत्कालआवश्यक पर्ने साम्रागीकालागि सहयोग गरिएको बताए । सहयोग हस्तान्तरणाको सञ्चालनपत्रकार एवम् मोनाकतारका संचार संयोजक हरिकृष्ण गौतमले गरेकाथिए । गाउँमा ४ घरधुरी विस्थापितभएका छन् भने करिव ५० घरधुरी जोखिममा छन् ।