ताजा समाचार:
Search

लोक दोहोरी प्रतिष्ठानको साधारणसभा

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २८ साउन ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ ।

Lok Dohoriसाधारणसभाको अवसरमा प्रतिष्ठानले कलाकार तथा सर्जक तोपबहादुर कार्कीलाई सम्मान गरेको छ । प्रतिष्ठानका ४ नम्बर प्रदेश संयोजक तारापती पौडेलले नगद तिन हजार रुपैया सहित सम्मान गर्नुभएको हो ।

लोक संगितको प्रर्वद्धनमा सक्रिय योगदान गरेवापत प्रोत्साहनका लागि बेनी नगरपालीका २ बगरफाँट निवासी कार्कीलाई सम्मान गरेको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा प्रदेश संयोजक पौडेलले लोक संगितलाई विकृती मृक्त बनाउन र मौलीक कला, संस्कृतीको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, धौलागिरीका अध्यक्ष राजेन्द्र सापकोटा, पर्वतका अध्यक्ष दिपक गदाल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष कृष्ण जिसीको अध्यक्षता र सचिव एकनारायण चापागाईको सञ्चालन र दितृय उपाध्यक्ष धु्रब जिसीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष शर्मीला थापाले आर्थिक र अध्यक्ष जिसीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।