ताजा समाचार:
Search

महिलाको आर्थिक स्रोतमा पहुँच बढाउनुपर्नेमा जोड

सन्तोष गौतम /विकल्प न्यूज
बेनी २८ साउन । बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले सामाजिक विकासका लागि महिलाको आर्थिक स्रोतमा पहुँच बढाउनुपर्नेमा जोड दिनुभएको छ ।Beautiseayanसौन्दर्यकला व्यवसायी संघले शनिबार बेनीमा आयोजना गरेको कार्यक्रममा उपप्रमुख बरुवालले महिला आर्थिक रुपमा सक्षम भएमा हिंसाका घटना कम हुने र सामाजिक शशक्तीकरण हुने बताउनुभयो ।

उहाँले सिपमुलक व्यवसाय गरेर आत्मनिर्भर बन्न महिलाहरुलाई सुझाव दिनुभयो । सो कार्यक्रममा हरितालीका तिज पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो । संघकी अध्यक्ष प्रमीला जोशी श्रेष्ठको अध्यक्षता र सहसचिव पुनम खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष राधा मल्लले मन्तब्य व्यक्त गर्नुभएको थियो ।