बेनीमा युवा दिवस मनाइयो

सन्तोष गौतम /विकल्प न्यूज
बेनी २८ साउन ।
बेनीमा शनिबार विभिन्न कार्यक्रम गरेर १७ औ अन्तराष्ट्रिय युवा दिवस मनाइएको छ ।yubaजिल्ला युवा समितिको कार्यालयको आयोजनामा बेनीमा प्रभातफेरी गरेर दिवस मनाइएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको ¥याली न्युरोड, अस्पतालचोक, गणेशटोल, बालमन्दिर चोक हुँदै पुन सोही ठाउँमा पुगेर समापन गरिएको थियो ।
¥यालीमा शिक्षक विद्यार्थी, कर्मचारी, सुरक्षाकर्मी, राजनितिक दलका प्रतिनिधि, युवा तथा विद्यार्थी संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । दिवसको मुल नारा शान्ति र सम्बृद्धीमा युवा भन्ने रहेको छ ।

¥यालीको समापन गर्दै समितिका अध्यक्ष डिपी शर्माले युवाको लागि समिति मार्फत भएका गतिबिधि र आगामी योजनाको बारेमा जानकारी दिनुभएको थियो ।