ताजा समाचार:
Search

लागू औषध दूब्र्यसनी बिरुद्ध रत्नेचौरमा जनचेतनामुलक कार्यक्रम

विकल्प न्यूज/बेनी
साउन २७ गते ।

बेनी नगरपालीका १ रत्नेचौरको अर्जममा शुक्रबार लागू औषध दूव्र्यसनी बिरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा सुरक्षा अधिकारी, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावकहरुबीच दूव्र्यसनी नियन्त्रण सम्बन्धि छलफल भएको थियो । कार्यक्रममा बेनपा १ र २ का जनप्रतिनिधि, भानु मावी, रामचन्द्र मावि र अर्जुन मावी भकुण्डेका विद्यार्थी, स्थानीय युवा युवती, शिक्षक र अभिभावकको सहभागीता रहेको थियो ।Ratnechour 1

कार्यक्रममा लागु औषध दूव्र्यसनको परिणाम, असर, यसका कारण, बच्ने उपाय, त्यस सम्बन्धि कानुनी व्यवस्थाका बारेमा प्रहरी निरिक्षक सन्तोष रोकाले सहजिकरण गर्नुभएको थियो । रत्नेचौर प्रहरी बिटको समन्वयमा भएको कार्यक्रमको सञ्चालन भानु माविका प्रअ भरत खत्रीले गर्नुभएको थियो भने वडा अध्यक्ष टेकबहादुर रावलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।