ताजा समाचार:
Search

मंगला र मालीका गाउँपालिकामा वास परियोजना सञ्चालन सम्बन्धि सम्झौता

सन्तोष गौतम /विकल्प न्यूज
बाबियाचौर २६ साउन ।
म्याग्दीको मंगला र मालीका गाउँपालीकामा सरसफाईमा पहुँच वृद्धी र आधारभुत खानेपानीको सुबिधा विस्तारका लागि पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना सञ्चालन हुने भएको छ ।

यसअघि जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित दोस्रो चरणको उक्त परियोजना राज्य पुनसंरचनासंगै मंगला र मालीका गाउँपालीकामा केन्द्रित भएको हो । मालीकामा बुधबार र मंगलामा बिहीबार परियोजना सञ्चालन सम्बन्धि सम्झौता गरिएको परियोजनाका जिल्ला सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिनुभयो ।malika gaupalikaउहाँका अनुसार अन्य स्थानीय तहमा सञ्चालीत खानेपानी आयोजनालाई पूर्णता दिने र बाँकी आयोजनाहरु दुई वटा गाउँपालीकामा सञ्चालन हुने भएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको स्थानीय पूर्वाधार तथा कृषि सडक बिभाग र गाउँपालीका बीच सम्झौता भएको हो ।

मालीका गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोका र मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकाले हस्ताक्षर गर्नुभएको सम्झौतापत्रमा बिभागका प्रतिनिधीले हस्ताक्षर गरेपछि कार्यान्वयन हुनेछ । सम्झौतापत्रमा हस्ताक्षरसंगै जनप्रतिनिधि र कर्मचारीहरुलाई परियोजनाको बारेमा अभिमुखीकरण, गाउँपालीकाका अध्यक्षको नेतृत्वमा खानेपानी तथा सरसफाई समन्वय समिति र वास ईकाई गठन भएको छ ।mangala gaupalika

परियोजना मार्फत मंगला गाउँपालीकाको कुहुँ, बाबियाचौर, बरंजा, अर्मन तथा मालीकाको निस्कोट, रुम, ओखरबोट, देविस्थान, दरवाङ र बिममा सरसफाई सम्बन्धि प्रर्वद्धनात्मक तथा खानेपानी आयोजनाहरु सञ्चालन हुने भएको छ । फिनल्याड र नेपाल सरकारको समन्वयमा वि.स २०६६६७ देखि म्याग्दीमा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना सञ्चालन हुदै आएको छ ।