निस्कोटमा पहिरोबाट एक घर विस्थापीत

विकल्प न्यूज/बेनी
साउन २१ गते ।

म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा पहिरोले घर पुरीएको छ । दरवाङ निस्कोट सडकबाट खसेको पहिरोका कारण घोर्सीका गणेश पुनको गोठ, बाख्राको खोर र चर्पी भत्कीएको छ ।
शनिबार राती खसेको पहिरोले घर समेत भत्कीएको छ । पहिरो खस्न थालेपछि घरमा सुतेकाहरुले भागेर ज्यान बचाएका नेपाल रेडक्रस सोसाईटी फुलबारी उपशाखा सभापती कमलनाथ शर्माले जानकारी दिनुभयो ।

गोठमा बाँधेका भैसी र खोरका बाख्रा फुकाएर भगाइएकाले क्षत्ती हुन पाएन् । दरवाङ निस्कोट सडकबाट खस्ने पहिरो र बाढीका कारण ५१ किलोवाट क्षमताको रुमखोला लघुजलविद्युत परियोजना, स्थानीयको खेतबारी र बस्ती समेत जोखिममा परहेको छ ।