बरंजाका युवाहरुले सडक मर्मत गरे

विकल्प न्यूज/बेनी
साउन २१ गते
मंगला गाउँपालिका ३ बरंजाका युवाहरुले शनिबार सडक मर्मत गरेका छन् । बरंजाको गतिशिल युवा कल्वमा आवद्ध युवाहरुले श्रमदान गरेर सडक मर्मत गरेका हुन् ।Baranja Ko Youth (3)क्लबका पदाधीकारी र सदस्यहरुले भुतेदहदेखि मनखोल्सा सम्मको ७ किलोमिटर सडक मर्मत गरेका हुन् । सडकमा खसेको पहिरो पन्छाउने, खोल्सामा बाढीले थुपारेको गेगर पन्छाउने र खाल्डाखुल्डी पुर्ने, भल तर्काउने काम गरीएको क्लबका सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

बिस जना भन्दा बढी युवाहरुले शनिबार दिनभर सडक मर्मतका लागि श्रमदान गरेका थिए । युवाहरुले मर्मत गरेपछि सडकमा सवारी साधन सञ्चालन गर्न र स्थानीयबासीलाई आवत जावत गर्न सहज भएको छ ।

गतिशिल युवा कल्वले बरंजामा खेलकुदका साथै विभिन्न सामाजिक काम गर्दै आएको छ । कल्वको पहलमा गत वर्ष बरंजामा निशूल्क स्वास्थ्य शिवीर सञ्चालन भएको थियो ।