ताजा समाचार:
Search

मंगलामा उद्योग वाणिज्य संघको ईकाई

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १४ साउन ।
म्याग्दीको बाबियाचौरमा शनिबार मंगला गाउँपालीकाका उद्योगी, व्यापारीहरुको भेलाले उद्योग वाणिज्य संघको ईकाई गठन गरेको छ ।mangala gaupalikaमंगलाको बाबियाचौर, कुहुँ, बरंजा र अर्मनका उद्योगी ब्यापारीहरुको भेलाले स्थानीय तह स्तरमा ब्यापार, ब्यवसाय, उद्योग क्षेत्रको प्रर्वद्धन, हक हित संरक्षण र सरोकारवालाहरुसंग समन्वयका लागि हुमनाथ पाण्डेको अध्यक्षतामा ईकाईको तदर्थ समिति गठन गरेको हो ।
भेलाले १५ सदस्यीय समिति गठन गर्नुका साथै म्याग्दी उद्योग वाणिज्य संघको ईकाईको रुपमा आवद्ध हुने, प्रत्येक शनिबार बिहान ७.३० बजे बाबियाचौर बजार सरसफाई गर्ने र प्रत्येक महिनाको अन्तिम शनिबार बजारका पसल बन्द गर्ने निर्णय गरेको छ ।

ईकाईको महिला उपाध्यक्षमा देवी केसी, उपाध्यक्ष हितमान शेरपुञ्जा, सचिव प्रेमलाल पौडेल, कोषाध्यक्ष शोभा केस र सहसचिवमा परमानन्द विश्वकर्मा रहनुभएको छ । सदस्यहरुमा लालकुमारी केसी, सुवा बिक, चन्द्रकुमारी अधिकारी, मोतीलाल शर्मा, भिमबहादुर किसान, चक्रलाल पाण्डे, भुपेन्द्र जुक्जाली, तिलक पुन र भुपेन्द्र केसी चयन हुनुभएको छ ।
मंगला गाउँपालीकामा हाल ९० जना उद्योगी, ब्यवसायीहरु घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका छन् । ईकाईले सबै व्यवसायीहरुलाई दर्ता प्रक्रियामा सहभागी हुन अनुरोध गरेको अध्यक्ष पाण्डेले बताउनुभयो । यसअघि दरवाङमा म्याग्दी उद्योग वाणिज्य संघको ईकाई गठन भएको थियो ।