मालिका गाउँपालिकामा घरदैलोमै सामाजिक सुरक्षा भत्ता

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १२ साउन ।
म्याग्दीको मालीका गाउँपालीकाले वडा स्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।

बैङ्क कर्मचारी र जनप्रतिनिधीको समन्वयमा जेष्ठ नागरीक, दलित जेष्ठ नागरीक, एकल महिला र अपाङ्गलाई गाउँबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका हुन् । यसअघि बैङ्कको शाखामा पुगेर भत्ता बुझ्ने सर्वसाधारणलाई गाउँमै सुबिधा पाउँदा राहत मिलेको छ । Samijik Surakchya Bhatta (2)बिहीबार मालीका गाउँपालीका १ निस्कोटका सर्वसाधारणलाई गाउँमै पुगेर भत्ता वितरण गरिएको गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो । “१ नम्बर वडाबाट गाउँमै भत्ता वितरण गर्ने अभियानको सुरुवात गरेका छौ” उहाँले भन्नुभयो “यो अभियान अन्य वडामा पनि सञ्चालन गर्छौ ।”

गाउँपालीका अध्यक्ष रोका, वडा अध्यक्ष टंक पुन, वडा सदस्यहरु, गरिमा विकास बैङ्कका शाखा प्रबन्धक नारायणहरी शर्मा लगायत कर्मचारी र प्रहरीको टोलीले निस्कोटमा पुगेर ८१ जनालाई भत्ता वितरण गरेको हो ।

गाउँपालीकाले निकासा गरेको रकम, लाभग्राहीहरुको विवरण र अभिलेख गाउँमै लगेर घुम्ती टोलीले चेक मार्फतनै सम्बन्धित व्यक्तिलाई भत्ता वितरण गरिएको गाउँपालीकाका अध्यक्ष रोकाले बताउनुभयो । उहाँका अनुसार मालीका गाउँपालीकाका अन्य वडाहरुमा पनी बैङ्क संग समन्वय गरेर गाउँबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी भएको छ ।
मालीका १ निस्कोट, ५ देविस्थान र ६ दरवाङमा गरिमा विकास बैङ्क तथा २ रुम, ३ डाँडागाउँ र ४ ओखरबोटमा प्रभु बैङ्कको दरवाङ शाखाबाट भत्ता वितरण हुदै आएको थियो । ७ नम्बर वडा बिममा भने वडा कार्यालयबाटै भत्ता वितरण हुने गरेको छ । दुर्गम र बिकट क्षेत्रबाट बैङ्कमा भत्ता लिन आउने नागरीकहरुलाई दुख र सास्ती भएकाले बैङ्कलाई गाउँमा पु¥याउने प्रयास गरिएको गाउँपालीका अध्यक्ष रोकाले बताउनुभयो ।