ताजा समाचार:
Search

मालिका गाउँपालिकाद्धारा गाउँसभामा प्रस्तुत नीति,कार्यक्रम र बजेटको विवरण

मालिका गाउँपालिकाको प्रथम गाउँसभामा प्रस्तुत आव २०७४।७५ को वार्षिक नीति,योजना,वजेट तथा कार्यक्रम

आदरणीय मालिका गाउपालिका वासी दाजुभाइ तथा दिदि वहिनीहरु यस मालिका गाउँपालिकावाट स्थानीय तह निर्वाचनमा यहाँहरुले अमुल्य मत दिइ हामीलाइ निर्वाचित गर्नुभएकोमा हामी सम्पूर्ण पदाधिकारीहरुको तर्फवाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु । malika gaupalikaलामो समयको अन्तराल पश्चात स्थानीय तहको निर्वाचन सम्पन्न भइ निर्वाचित पदाधिकारी विहिन स्थानीय तहले पूर्णता पाएको छ । यो ऐतिहाँसिक अवसरमा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण पदाधिकारीहरु आम जनसमुदाय, राजनैतिक दल, समाजसेवी ,वुद्धिजिवि लगायत सम्पूर्णमा यस मालिका गाउँपालिका को प्रथम गाउँ सभामा म सम्पुर्ण मालिका गाउँपालिकाको तर्फवाट हार्दिक स्वागत एवं सम्मान व्यक्त गर्न चाहन्छु ।

प्रसिद्ध सांस्कृतिक धार्मिक तथा पर्यटकीय सम्पदाहरुले भरिपूर्ण यस मालिका गाउँ पालिकाको प्रथम गाउँसभामा आगामी आ.व.२०७४।७५ को गाउँपालिका विकास योजनाको नीति,योजना,वजेट तथा कार्यक्रमहरु आजको यस सभामा प्रस्तुत गर्न पाउँदा आफूलाइ गौरभान्वित महसुस गरेको छु । 19884383_1956317967985241_2882926683793434887_nराष्टिय पुर्नसंरचना आयोगको सिफारिस तथा नेपाल सरकारको निर्णय वमोजिम यस गाउँपालिकाको घोषणा २०७३ फाल्गुण २७ गते भइ यस क्षेत्रका तत्कालिन ६ वटा गा.वि.स.हरु (दरवाङ, निस्कोट, रुम, ओखरवोट, देविस्थान र विम) लाइ समेटि मालिका गाउँपालिकाको नामाकरण भइ मिति २०७३।११।२७ गतेदेखि नै कार्यान्वयनमा आएको कुरा सर्वविदितै छ । यस क्षेत्रभित्र रहेका प्राकृतिक श्रोतहरुको समुचित उपयोग गर्न सकिएको खण्डमा गाउँपालिका क्षेत्रको समग्र विकास गर्न सकिने पर्याप्त संभावना रहेका छ ।

गाउँपालिकाको घोषणा पश्चात स्थानीय बासीहरुमा विकास प्रतिको चाहना र उत्साहमा वढोत्तरी भएको छ । यस क्षेत्रको आन्तरिक आयमा वृद्धि गरी आवश्यकतामा आधारित परिणाममुखि स्थानीय स्वायत्त सरकार तथा स्वशासनको प्रर्वद्धन गर्नु मुख्य चुनौति भएतापनि यहाँका प्राकृतिक श्रोतको उपलब्धताको भरपूर उपयोग गर्न सकिएको खण्डमा विभिन्न विकासका कार्यक्रमहरुलाइ व्यापक रुपमा संचालन गर्न सकिने कुरामा म विश्वस्थ छ ु।

आन्तरिक आय वृद्धि गर्नका लागि एकिकृत सम्पति कर लगायत अन्य आयका क्षेत्रको पहिचान गर्दै करको दायरा वढाउने र उक्त कार्यमा गाउँपालिका वासीको सक्रिय सहभागिता र सहयोग प्राप्त हुनेछ भन्ने विषयमा आशावादी रहेको छु ।
आदरणीय गाउँपालिकावासी दाजुभाइ तथा दिदी वहिनीहरु

old vdc new wardsअव म यस चालु आ.व.को अवधिसम्म यस गाउँपालिकाले हासील गरेका मुख्य मुख्य उपलब्धिहरुलाइ संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।
१. मालिका गाउँपालिका को कार्यालय भवन मा कोठाको व्यवस्थापन,फर्निचरको व्यवस्था रङरोगन लगायत कम्प्युटर र इन्टरनेटको जडान गरी कार्य संचालन गर्न कार्यालय व्यवस्थापन गरिएको छ ।

२. वडा कार्यालयको व्यवस्थापन गरि सेवा प्रवाहको व्यवस्था मिलाउन थपिएको साविकको रुम गा.वि.स. हाल वडा नं ३ को कार्यालय छुट्टै स्थापना गरि फर्निचर र कम्प्युटर लगायतको सुविधा उपलब्ध गराइएको छ । साथै अन्य वडा कार्यालयहरुको सामान्य मर्मत गरिएको छ र फर्निचर र कम्प्य्टरको व्यवस्था गरिएको छ ।

३. वडा नं ६ को कार्यालयलाइ घरभाडामा लिइ कार्य संचालनलाइ सहज वनाइएको छ ।

आदरणीय दाजुभाइ तथा दिदिवहिनिहरु

अव म आ.व.२०७४।७५ को यस मालिका गाउँपालिकाको वार्षिक नीति, योजना ,वजेट तथा कार्यक्रमहरु सहितको गाउँपालिकाको विकास योजना तर्जुृमा गर्दा लिइएका आधारहरुलाइ प्रस्तुत गर्न चाहन्छु ।
योजना तर्जूमाका आधारहरु
नेपालको संविधानको अनुसूचि ८ र ९ मा उल्लिखित स्थानीय तहको एकल तथा साझा अधिकारको सूचि ,
नेपालको संविधानमा उल्लेखित मौलिक हकहरु,

नेपालको संविधान भाग ४ अन्र्तगतका राज्यका आर्थिक,सामाजिक विकास,प्राकृतिक स्रोतको उपयोग, वातावरण संरक्षण सम्वन्धि नीतिहरु, धारा ५९ को आर्थिक अधिकार, भाग १९ को आर्थिक कार्यप्रणालि ,
नेपाल सरकारवाट स्वीकृत संघ,प्रदेश र स्थानीय तहको कार्यविस्तृतिकरणको प्रतिवेदन ,
संघिय तथा प्रदेश सरकारले अंगिकार गरेको आवधिक योजनाले लिएका नीति तथा प्राथमिकताहरु,
संघीय सरकारले अवलम्वन गरेका आर्थिक तथा वित्तिय नीतिहरु,
स्थानीय तहको आवधिक योजनाले तय गरेका प्राथमिकताहरु,
नेपालले अन्तराष्ट्रिय जगतमा जनाएका प्रतिवद्धताहरु,
स्थानीय तहको आविधक योजनाले तय गरेका प्राथमिकताहरु,
स्थानीय शासन संचालन ऐन र नियमावलिका प्रावधानहरु,
स्थानीय तहका आवधिक योजनाहरु, क्षेत्रगत नीति,रणनीतिहरु, योजना तथा अध्ययन प्रतिवेदनहरु,
विकासका समसामयीक मुद्धाहरु जस्तै सामाजिक संरक्षण, दिगो विकास, जलवायु परिवर्तन र विपद व्यवस्थापन , खाद्य तथा पोषण सुरक्षा, लैगिंक सशक्तिकरण तथा समावेशी विकास, बालमैत्री स्थानीय शासन, वातावरणमैत्री स्थानीय शासन , खुलादिसा मुक्त तथा पूर्ण सरसफाइ , उर्जा संकट लगायतका अन्र्तसम्वन्धित विषयहरु ,

स्थानीय तहको मध्यकालिन खर्च संरचना अनुरुप प्राथमिकतामा परेका कार्यक्रमहरु,
स्थानीय तहले आवश्यक देखेका अन्य विषयहरु ,

आयोजना तथा कार्यक्रम प्राथमिकिकरणका आधारहरु
आर्थिक विकास र गरिवि निवारणमा प्रत्यक्ष योगदान पुर्याउने,
उत्पादनमूलक र छिटो प्रतिफल दिने ( ठूला आयोजनाहरुको हकमा वढिमा ३ वर्षभित्र सम्पन्न हुने)
राजश्व परिचालनमा योगदान पुर्याउने,
सेवा प्रवाह, संस्थागत विकास र सुशासनमा योगदान पुर्याउने,
स्थानीय स्रोत साधनमा आधारित भइ जनसहभागिता अभिवृद्धि गर्ने,
लैंगिक समानता सामाजिक समावेशिकरणको अभिवृद्धि हुुने,
दिगो विकास,वातावरण संरक्षण र विपद व्यवस्थापनमा योगदान पुर्याउने,
स्थान विशेषको संस्कृति र पहिचान प्रर्वद्धन गर्ने, स्थानीय तहले आवश्यक देखेका अन्य विषयहरु ।

आ.व.२०७४।७५

गाउँपालिकाको विकास योजनालाइ गाउँपालिका विभिन्न टोलवस्ती, लक्षित समुहहरु,राजनैलिक दलहरु, विषयगत सरकारी कार्यालयहरु, तथा गैर सरकारी संघ संस्था, नागरिक समाज, वुद्धिजिवी वर्ग लगायतवाट प्राप्त सुझाव, वडास्तरीय भेलावाट आएका योजना तथा कार्यक्रमहरुको प्राथमिकिकरण , विषयगत समिति को वैठकको निर्णय समेतलाइ ध्यान दिइ नेपाल सरकारले अवलम्वन गरेको सहभागितामूलक योजना निर्माणको व्यवस्था बमोजिम गाउँपालिकाहरुको वैठकवाट सिफारिस भइ गाउँ सभामा स्वीकृतिका लागि प्रस्तुत गरिएको छ ।
आदरणीय गाउँपालिका वासी दाजुभाइ तथा दिदिवहीनीहरूः

प्रथम गाउँ विकास योजना कार्यान्वयनका लागि गाउँक्षेत्रमा लाग्ने करका दरहरूको निर्धारण गरिएको छ । गाउँपालिका स्तरीय राजस्व परामर्श समितिको सिफारिसमा चालु आ।व। मा लाग्ने करका दरहरू, आगामी आ,व। का लागि प्रस्ताव गरेको छु । करका दरहरुको विवरण आर्थिक एनमा उल्लेख गरिएको छ ।
आदरणीय दाजुभाइ तथा दिदिवहिनिहरु अव म मालिका गाउँपालिकाको आ.व. २०७४।७५ को नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दछु ।

मालिका गाउँपालिकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन उपयुक्त स्थानमा ल्याण्डफिल साइटको खोजि गरिने छ ।
गाउँपालिका क्षेत्रभित्रका सबै धार्मिक, साँस्कृतिक तथा प्राकृतिक श्रोत र सम्पदाहरूको समुचित विकासका लागि सभावनाहरुको खोजि गर्दै जाने तथा तत् तत् क्षेत्रलाई गाउँपालिकाको आन्तरिक आय वृद्धिमा समेत साझेदारी गर्न लगाउने ।
गाउँपालिकाको आन्तरिक आयमा उल्लेख्य अभिबृद्धि गर्दै गाउँबासीका आवश्यकताहरूको संवोधन गर्ने गरी योजना तथा कार्यक्रमहरू लागू गर्दै जाने ।
गाउँपालिका क्षेत्रको आवास व्यवस्थालाई थप व्यवस्थित बनाउन गाउँपालिका क्षेत्रमा निर्माण हुने घर टहराहरूका लागि अनिवार्य रूपमा गाउँपालिका कार्यालयबाट पूर्व अनुमति लिनुपर्ने तथा अनुमति नलिई निर्माण भै सकेका घरटहराहरू को छुट्टै अभिलेखीकरण गरी राखिने छ । ।

गाउँपालिका क्षेत्रका महिला, जनजाति, दलित, अपाग, वालवालिका, तथा एकल महिला, अल्पसंख्यक, वृद्धवृद्धा समुदाय सहितको लक्षीत क्षेत्रको विकासकालागि विशेष कार्यक्रमहरू बनाई कार्यान्वयन गरिने छ ।
गाउँपालिका क्षेत्रमा कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, आमसञ्चार जगत, सडक, खानेपानी, पर्यटन प्रवर्द्धन लगायतका क्षेत्रमा लगानी अभिवृद्धि गर्दै जाने ।
विभिन्न जातजाति, धर्म, संस्कृति मान्ने गाउँपालिका वासीहरूका सामाजिक, साँस्कृतिक धर्म, संस्कार, परम्परा, भेषभूषाको संरक्षण, संवर्द्धन, एवम् पहिचानको प्रवर्द्धन गर्ने ।
गाउँपालिका क्षेत्रमा सार्वजनिक जग्गा हरुको खोजि गरी संरक्षण,र उपयोगका लागि आवश्यक नीति लिइनेछ ।
निजी क्षेत्र र सहकारी क्षेत्रको साक्षेदारीमा आधारित विकास योजना तथा कार्यक्रमहरूलाई वढावा दिइने छ।
गाउँपालिका क्षेत्रभित्र वातावरणमैत्री विकासको पैरवी गर्ने तथा सोही बमोजिम आफ्ना विकास योजनाहरू अघि बढाउने साथै वातावरणमैत्री स्थानीय शासन, अवधारणा अवलम्वन गर्ने।
सवै वडाहरुमा वडा स्तरीय वाल क्लव गठन गरी गाउँपालिका स्तरीय वाल सजाल गठन गर्ने साथै वालमैत्री स्थानीय शासन अवधारणाको अवलम्वन गर्ने ।
बाटोलाइ स्तरउन्नती गर्ने , गाउँपालिका यातयात गुरुयोजना, च्ःत्ःए लागू गर्ने ।
सामाजिक परिचालनका क्षेत्रमा विगतका गतिविधिहरुलाइ निरन्तरता दिने।
समयमै योजना सम्झौता र प्रभावकारी कार्यान्वयन गर्ने ।साथै योजना छनौट प्राथमीकीकरण र कार्यान्वयनका लागि उपभोक्ताहरुलाइ सचेतनामूलक कार्यक्रम सम्झौतापूर्व नै अनुशिक्षण गर्ने ।
 एकीकृत सम्पती कर लगाउन आवश्यक प्रक्रिया अगाडि वढाइने छ ।
 गाउँपालिका अन्तरगत विभिन्न विशेष कोषहरु खडा गरिने छ ।
 अनुगमन र सुपरिवेक्षण कार्यलाइ प्रभावकारी वनाइने छ ।
 गाउँपालिकाको समग्र विकासको लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने भएकोले केन्र्दिय र आन्तरिक स्रोत साधनले अपर्याप्त हुने बजेटलाइ अन्य निकायसँग समन्वय गरिने छ ।
 घरेलु उद्योगलाइ प्रर्वद्धन गर्न लघुद्यमीलाइ प्रोत्साहनमुलक कार्यक्रम ल्याइने छ ।
 स्थानीय उत्पादनलाइ प्राथमिकता दिँदै उत्पादित वस्तुको बजार व्यवस्थापन गरीने छ ।
 जडिवुटी जन्य वनस्पतीहरुको संरक्षण गर्दै आन्तरीक आयको स्रोतको रुपमा यसलाइ उपयोग गरिने छ ।
 गाउँपालिका क्षेत्रभित्रका खानीहरुको पहिचान गरि प्राप्त रोयल्टीलाइ व्यवस्थित गरिने छ ।
 सेवा प्रवाहलाइ प्रभावकारी वनाउन विद्तीय सुचना प्रविधिको उपयोग गरिने छ ।
 सामाजिक सुरक्षा कार्यक्रमलाइ प्रभावकारी रुपमा संचालन गरिने छ ।
 पारर्दशिता र सुशासन प्रर्वद्धनका लागि सार्वजनिक सुनुवाइ, सार्वजनिक परिक्षण, गुनासो व्यवस्थापन, लैगीक समानता तथा सामाजिक समावेशिकरण लेखाजोखा लगायतका कार्यक्रमहरुलाइ प्राथमिकताका साथ संचालन गरिने छ ।
 शिक्षा ,स्वास्थ्य, वातावरण तथा विपद व्यवस्थापन सँग सम्वन्धित योजना तथा कार्यक्रमहरुलाइ प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू
म अब आगामी आ।व। ०७४र७५ को प्रस्तावित अनुमान प्रस्तुत गर्न चाहन्छु ।
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूः
चालु आ।व। ०७३र७४ मा पूजिगत तर्फ ३२ लाख र चालुखर्च २० लाख गरि ५२ लाख रुपया संघीय पुर्वाधार निर्माण कार्यक्रमका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयवाट प्राप्त रकममध्ये असार २४ सम्म पुजिगतमा रु ३१४४०३०।( र चालुमा रु ९०२४२९।३० खर्च भइसकेको छ ।

अब म आगामी आर्थिक वर्ष ०७द् र७छ मा गाउँ विकास योजनामा प्रस्ताव गरिएका प्रस्तावित खर्चका विवरणहरू उल्लेख गर्न चाहन्छु ।

आर्थिक वर्ष २०७४/०७५ को लागि स्रोत अनुमान बजेट सिमा निर्धारण समितिको सिफारिस अनुसार नेपाल सरकारवाट समानीकरण र सशर्त अनुदानबाट प्राप्त रु २४ करोड ८० लाख ४१ हजार , आन्तरिक स्रोतवाट प्राप्त हुने अनुमानित आय रु २९ लाख ४२ हजार र संघीय पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत मन्त्रालयवाट प्राप्त हुने ४८ लाख गरी कुल वजेट रु २५ करोड ५७ लाख ८३ हजार मध्ये चालु खर्च कूल ५ करोड ५० लाख प्रस्ताव गरेको छु । त्यस्तै पूँजीगत तर्फ कूल १० करोड ४१ लाख छ२ हजार प्रस्ताव गरेको छु ।नेपाल सरकारबाट सशर्त अनुदानको रकम रु ९३६८९०००।( विषयगत शाखाहरुलाइ विनियोजन भइ आएकोले जस्ताको तस्तै योजनाको किताबमा समावेश गरेको छु ।

त्यसैगरी पूँजीगत तर्फ गाउँ कार्यपालिकाबाट निर्णय गर्नेगरी विभिन्न विषयक्षेत्र मा खर्च गर्ने गरी कुल ३ करोड २ लाख ८५ हजार ७ साय १४ रुपैया विनियोजन गरेको छु , आयोजना व्यवस्थापन खर्च र समपुरक कोष छुट्याइ वाँकी रहन आउने रकम रु ६ करोड ३८ लाख ९२ हजार २ सय ६ रुपैया लाइ आर्थिक विकास क्षेत्रका ३७ वटा योजना तथा कार्यक्रममा ४७ लाख ४३ हजार ९ सय पैचालिस रुपैया ,सामाजिक विकास क्षेत्रका ८७ वटा योजना तथा कार्यक्रममा रु १ करोड १९ लाख २० हजार ९ सय ९० रुपैया ,पुर्वाधार विकास क्षेत्रका ८५ वटा योजना तथा कार्यक्रममा रु ३ करोड ४० लाख ८९ हजार ७ सय ६६ रुपैया , वातावरण तथा विपद व्यवस्थापन क्षेत्रका ३९ वटा योजना तथा कार्यक्रममा रु ६८ लाख ८७ रुपैया ,संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्रका ३४ वटा योजना तथा कार्यक्रममा रु ४१ लाख ६ हजार २ सय ६ रुपैया र वित्तीय व्यवस्थापन र सुशासन क्षेत्रका २२ वटा योजना तथा कार्यक्रममा रु २२ लाख ३१ हजार २ सय १२ रुपैया विनियोजन गरेको छु ।प्रत्येक वडालाइ समानुपातिक रुपमा करिव रु ९१ लाख २६ हजार ९७७ रुपया विनियोजन गरेको छु ।

आर्थिक वर्ष २०७४/०७५ का लागि वस्ती तथा वडा स्तरबाट गाउँपालिकाले उपलब्ध गराएको मार्गदर्शन अनुसार प्रस्ताव गरी पेश भएका योजना तथा कार्यक्रमहरू आर्थिक विकास क्षेत्र,सामजिक विकास क्षेत्र, पुर्वाधार विकास क्षेत्र, वातावरण तथा विपद व्यवस्थापन क्षेत्र, संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्र, वित्त्तिय व्यवस्थापन र सुशासन क्षेत्रमा योजना तथा कार्यक्रम तयार गरी वजेट विनियोजन गरिएको छ । जसलाई हुवहू प्रस्ताव गरेको छु ।

आदरणीय दाजुभाइ तथा दिदी वहिनीहरूः

योजना तथा कार्यक्रमहरूको तर्जूमा गरेर मात्रै तिनीहरूले लिएका लक्ष्य तथा उद्देश्यहरू हासिल गर्न सकिन्न । अपेक्षित लक्ष्य तथा उद्देश्यहरूको प्राप्तिको लागि कार्यक्रमहरूको कुशल तथा प्रभावकारी ढगबाट कार्यान्वयन गर्नु जरूरी छ । त्यसैले प्रस्तुत गाउँ विकास योजनाको सफल कार्यान्वयनमा सम्पूर्ण गाउँपालिका वासी आम जनताको सकृय सहभागिताको अपेक्षा गरेको छु ।
अन्त्यमा, आजको यस समारोहमा आफ्नो कार्यव्यस्तताको वावजुत पनि उपस्थित भइ यस कार्यक्रमको शोभा वढाइदिनु भएकोमा अतिथि ज्यूहरु विषयगत कार्यालयका प्रमुख एवं प्रतिनीधि ,उद्योग वाणिज्य संघका प्रमुख एवं प्रतिनीधि , गैर सरकारी संस्थाका प्रतिनिधि , नागरिक समाज ,वुद्धिजिवी ,समाजसेवी ,सुरक्षाकर्मी, पत्रकार लगायत मालिका गाउँपालिका वासी सम्पूर्ण दाजुभाइ तथा महानुभावहरूमा हार्दीक धन्यवाद प्रकट गर्न चाहन्छु ।

योजना तर्जूमा प्रकृयाका सम्मुर्ण चरणहरुमा सक्रिय सहभागि भइ कार्यसम्पादन गर्नुहुने गाउँ कार्यपालिका कार्यालयका सबै कर्मचारी साथीहरू, वडा सचिवहरू, सामाजिक परिचालकहरू लगायत प्रत्यक्ष वा परोक्ष रूपमा प्रस्तुत योजना निर्माणमा सहयोग गर्नुहुने सबैमा धन्यवाद प्रकट गर्दछु ।

धन्यवाद
खरमाया विटालु , उपाध्यक्ष, मालिका गाउँपालिका दरवाङ, म्याग्दी
मिति २०७४ असार २५ गते।