ताजा समाचार:
Search

नहर भत्किँदा लघुजलविद्युत परियोजना बन्द

म्याग्दी, साउन ३ ।

रुख ढलेर नहर भत्किँदा म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा रहेको दाजुङखोला लघुजलविद्युत परियोजना बन्द भएको छ ।

रुख ढलेर चालिस मिटर नहर भत्किँदा दाजुङखोला लघुजलविद्युत् सहकारी संस्थाद्वारा सञ्चालित ३० किलोवाट क्षमताको परियोजना बन्द भएको हो । dajung kholo lagujalbudhtपरियोजना बन्द हुँदा मालिका गाउँपालिका–४ च्युरीबोट र ओखरबोटका ४०० घरधुरीमा विद्युत आपूर्ति बन्द भएको सहकारीका अध्यक्ष नन्दबहादुर राम्जालीले जानकारी दिए ।

उनका अनुसार नहरमा रु चार लाख बराबरको क्षति पुगेको छ । आर्थिक अभावमा गत बुधबार भत्किएको नहर मर्मतमा ढिलाइ भएको छ । रासस