म्याग्दीमा नयाँ शक्ति निर्माणमा सक्रियता

म्याग्दी/विकल्प
मंसिर १८ गते ।
पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सञ्चालन गरेको नयाँ शक्ति निर्माण अभियानका अभियन्ताहरुले म्याग्दीमा गतिबिधि बढाएका छन् ।

अभियानको प्रचारप्रसार, संगठन निर्माणका लागि अभियन्ताहरुले म्याग्दीमा शुक्रबार भेटघाट पनि गरेका छन् । अभियानका ४ नम्बर प्रदेशका संयोजक देवेन्द्र पराजुली र कृष्ण गिरीको टोलीले नयाँ शक्ति गठनका लागि म्याग्दीमा माओवादीका कार्यकर्ता, वुद्धीजिवी, पत्रकार र ब्यवसायीहरुसंग भेटघाट गरेका हुन् ।

उनीहरुले एकिकृत नेकपा माओवादी र विप्लप नेतृत्वको नेकपा माओवादीका जिल्ला स्तरीय नेता तथा बेनीमा रहेका कार्यकर्ताहरुसंग भेटघाट र छलफल गरेको बताएका छन् । त्यसका साथै बजारका ब्यवसायी, नागरीक अगुवा, स्वतन्त्र तथा राजनितिबाट निस्क्रीय भएका व्यक्तिहरुसंग पनि छलफल गरेका छन् ।

पहिलो चरणमा भेटघाटका लागि बेनी आएको र दोस्रो चरणमा संगठन निर्माण गरिने ४ नम्बर प्रदेशका संयोजक पराजुलीले बताउनुभयो । नयाँ शक्तिको टोलीले बेनीका साथै कुश्मा र बागलुङमा पनि भेटघाट तथा छलफल गरेको जनाएको छ ।

अभियन्ता पराजुलीले नेपालमा हाल रहेका राजनितिक दलसंग आर्थिक विकास र सम्बृद्धीको स्पष्ट खाका नभएको दावी गर्दै युवाहरुको सहभागितामा नयाँ शक्ति गठन गर्न लागेको बताउनुभयो । म्याग्दीमा पछिल्लो समय नेत्रबिक्रम चन्द नेतृत्वमा आवद्ध युवा नेता ईन्द्र मगर र बिरेन्द्र चोकका अनीस गौतम नयाँ शक्ति अभियानमा खुलेर लागेका छन् । सन्तोष गौतम



CLOSE
CLOSE