ताजा समाचार:
Search

लेट मी डान्सीङ अवार्डको उपाधी दगामीले जितीन

विकल्प न्यूज/बेनी
जेष्ठ १९ गते ।
म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनकी बिष्णु दगामी मगर राष्ट्रिय स्तरको नृत्य प्रतियोगितामा बिजयी भएकी छिन् ।

त्रिकेल एण्ड मिटीङ पोन्टले आयोजना गरेको दोस्रो लेटमी डान्सीङ अवार्डको बिहीबार भएको फाईनलमा दगामीले उपाधी जितेकी हुन् । १८ वर्षिया दगामीले नृत्य प्रतियोगिताको उपाधीका साथै नगद तिन लाख रुपैयाँ पुरस्कार समेत प्राप्त गरेकी छिन् ।Bishnu Tilijaहाल काठमाडौमा बस्दै आएकी दगामीलाई जिताउनका लागि म्याग्दीमा भोटीङ अभियाननै सञ्चालन गरिएको थियो । नृत्य प्रस्तुतीका साथै एसएमएस भोटीङको आधारमा उनलाई बिजयी घोषणा गरीएको हो । दगामी बास्केटबल खेलको राष्ट्रिय खेलाडी समेत हुन् । प्रतियोगिताको एनटिभी पल्स र हिमालयन टेलीभिजनबाट प्रत्यक्ष प्रशारण गरीएको थियो ।