रुप्से झरना र अन्धगल्छी नयाँ पर्यटकीय गन्तब्य

विकल्प न्यूज/ बेनी
बैशाख २३ गते ।

अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको रुप्से झरना र अन्धगल्छी नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकसीत भएको छ । बेनी मुस्ताङ सडकको छेवैमा पेर्ने रुप्से झरना र अन्धगल्छीको अवलोकन गर्न दैनिक सयौंको संख्यामा आन्तरिक एवम् वाह्ै पर्यटकहरु आउने गर्दछन् ।

सडक सुबिधा र पूर्वाधार निर्माणसंगै रुप्से र अन्धगल्छी पर्यटकीय गन्तब्य स्थलको रुपमा विकसीत भएका हुन् । रुप्से झरनालाई नजिकबाट नियाल्दै पृष्ठभुमिमा पारेर तस्विर खिच्नेहरुको दिनहुँ घँुईचो लाग्ने गरेको छ ।DSC07822

विदा मनाउनेहरुका लागि रुप्से झरना पहिलो रोजाइमा पर्ने गर्दछ । पोखरा,कुश्मा,बागलुङ र बेनीबाट झरनाको अवलोकन गर्न सयौं युवा युवतीहरु पुग्ने गर्दछन् ।

सडकमा गाडी रोकेर रुप्से र संसारकै गहिरो अन्धगल्छी अवलोकन गर्ने पर्यटकहरु त्यहाँको सौन्दर्यताबाट दंग पर्छन् । ७५ मिटर अग्लो छागोबाट खस्ने र त्यसपछि करिब एक किलोमिटर भिरालो पहाडमा नागबेली भएर बग्ने रुप्से झरना कालीगण्डकीमा मिसीने दोभान भन्दा केही माथि छ हजार ९६७ मिटर संसारकै गहिरो अन्धगल्छी रहेको छ ।

rupseyसदाबहार सप्तरङ्गी इन्द्रेणीको लुकामारीसँगै रुप्से झरना र संसारकै गहिरो गल्छीलाई नजिकबाट अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण र धौलागिरि हिमालको बिच भएर बग्ने कालीगण्डकीले गहिरो खोच बनाएको छ । मनमोहक झरना, संसारकै गहिरो गल्छी र वरपरका मनमोहन सौन्दर्यले मोहीत भएको झापाका रामवहादुर क्षेत्रीले बताउनुभयो ।

बेनी जोमसोम सडक भएर आवत जावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको दैनिकजसो रुप्सेमा भिड लाग्ने गर्छ । सडकदेखि रुप्से झरना र अन्धगल्छीसम्म पुग्ने पदमार्ग, भ्युटावर र विश्रामस्थल निर्माण भएको छ । झरना र गल्छीमा पूर्वाधार निर्माणका लागि हालसम्म विभिन्न निकायले ५० लाख रुपियाँ भन्दा बढी लगानी गरेका छन् ।Rupsey 6प्रशस्त सम्भावना बोकेको र पर्यटकको चाप समेत बढीरहेको रुप्सेमा पार्कीङ, व्यवस्थित र सुरक्षित पदमार्गको आवश्यकता रहेको छ । सुरक्षित रुपमा हिडेर झरनाको नजिकै पुग्न सकिने रेलिङ सहितको पदमार्ग, जिप, माईक्रोबस र मोटरसाईकल पार्कीङ गर्ने स्थानको व्यवस्था भएमा सहज हुने पर्यटकहरु बताउँछन् ।

दानाका अगुवा बेलबहादुर पुर्जाले स्थानीय स्तरमा समन्वयको कमी र राज्यका निकायले प्राथमिकता नदिदा रुप्सेमा पुर्वाधार निर्माण र व्यवस्थित गर्ने स्थानीयको बर्षौदेखिको प्रयास सफल हुन नसकेको गुनासो गर्नुभयो । रुप्से, अन्धगल्छी क्षेत्रको गुरुयोजना तयार गरेर पूर्वाधार निर्माण र पर्यटन प्रर्वद्धन गर्न पहल गरिएको उहाँले बताउनुभयो ।