माउन्ट एभरेष्ट विद्यालयद्धारा म्याग्दीका खेलाडीहरु सम्मानित (फोटोफिचर)

DSC06803 DSC06807 DSC06810 DSC06812 DSC06813 DSC06815 DSC06816 DSC06817 DSC06819DSC06830 DSC06822 DSC06823 DSC06825 DSC06828
माउन्ट एभरेष्ट आवसीय उच्च माध्यमिक विद्यालयले जिल्लाको खेलकुद क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सोमबार सम्मान गरेको छ । विद्यालयले जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षहरु क्रमशः अनोद श्रेष्ठ, स्वर्गीय राम गौचन, गोविन्द श्रेष्ठ, प्रमोद श्रेष्ठ,रमेश श्रेष्ठ र विनोद केसीलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो । साथै जिल्लाबाट अन्तराष्ट्रिय सितेरियो कराँते प्रतियोगितामा सहभागि भइ गोल्ड मेडल लिन सफल खेलाडी चन्द्र बुढा, खेलाडी विना घर्ती मगर लगायतका खेलाडीहरुलाई सम्मान गरिएको छ । विद्यालयले १४ औ जेसीज कप उपाधी हात पार्ने विद्यालयका खेलाडीहरु समेत सम्मान गरेको छ । विद्यालयका संस्थापक सुरज केसी,प्रिन्सिपल राजुकेसी र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन विश्वकर्माले खेलाडी र पुर्व अध्यक्षहरुलाई सम्मान गरेका थिए । तस्विर /ठाकुरप्रसाद आचार्य