गौप्रसाद पाईजालाई हङकङबाट एकलाख सहयोग

विकल्प /म्याग्दी मंसिर ११ गते । म्याग्दीको कुहुँ –८ थाईवाङ गौप्रसाद पाईजालाई हङकङमा रहेका म्याग्देलीले आर्थिक संकलन गरेका छन् । बाबा धनप्रसादको मृत्यु भएको केही महिनापछि आमा परपुरुष संग हिडेपपिछ बेसहारा बनेका पाईजा विहानबेलुका हात जोर्न समेत मुस्किल भएको समाचार विभिन्न सञ्चारमाध्यमबाट प्रशारण तथा प्रकाशित भएपछि हङकङबाट बावियाचौर– ४ ¥यालेखोरका चित्र बहादुर पुन, कुहुँ–४ का नारायण सिंह पुनको सक्रियतामा १ लाख ३२ हजार ३७४ थाईवाङ निमावीमा एक कार्यक्रमको आयोजना गरी श्याम बहादुर पुनले हस्तान्तरण गरेका छन् । सोही अवसरमा विद्यालयका पुर्व प्रअ बावियाचौर– ४ ¥यालेखोर यामबहादुर अधिकारीबाट ५ हजार सहयोग गर्नुभएको थियो ।

gauparsadहस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयकी प्रअ देवी पुर्जा मगरले बताउनुभयो । उहाँले हालसम्म ३ लाख बढि आर्थिक संकलनम भएको र थप सहयोगको प्रतिबद्धता आउने क्रम जारी रहेकाले संकलिन रकमलाई गौप्रसादको नाममा बैंकको मुद्धतीमा राखिने बताउनुभउो । कलिलै उमेरमा परिवारको मायाँबाट बन्चित भएका पाईजालाई सहज पठनपाठन, लत्ताकपडा सहित आवश्यक सुविधा जुटाउन अभियानले उनको दैनिकीमा परिवर्तन आएको छ । घरको पारिवारिक अवस्था कमजोर भएपछि दोस्रो विवाह गरेकी आमाले अरुलाई जिम्मा लगाएको बहिनीलाई समेत खोजीमा स्थानीबासीको सहयोग मागेपछि प्रहरीले खोजेर जिम्मा लगाएपछि उत्साहित भएका छन् ।

IMG_2824सहयोग हस्तान्तरण कार्यक्रममा श्याम बहादुर पुनले गौप्रसादको शिक्षादिक्षामा खर्च गर्ने गरी सहयोग रकमलाई प्रयोग गर्न अनुरोध गरेका थिए । गाउँकै थाईवाङ निमावीमा कक्षा ४ मा अध्ययरत पाईजालाई मानसिक सन्तुलन गुमाएकी फुपुले यातना दिने गरेपछि अहिले विद्यालयमा शिक्षक संग राखिएको छ । धेरै नबोल्ने, मेहनती भएकाले पनि सबैले पाईजालाई रुचाउँछन् । नियमित विद्यालयमा जान थालेपछि गाउँलेले पोशाक, किताबकपी खरिद गरिदिनुका साथै विद्यालयले छात्रबृद्धि समेत उपलब्ध गराएको छ । पाईजालाई सहज वातावरण बनाउन विद्यालयका शिक्षकले विभिन्न कार्यक्रममा सँगै लैजाने गरेका छन् भने गाउँलेले समेत घरायसी पुजा देखी विभिन्न पर्वमा घरमै बोलाउँछन् । हस्तान्तरण कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक बलभद्र गौतमले गर्नुभएको थियो । हरिकृष्ण गौतम