ताजा समाचार:
Search

संगीत नै कर्मथलो

जिल्लाको अर्मन गाविसको हिलाबाङमा जन्मीएकी निशा केसी अहिले बेनीमा सानो व्यवसाय गरेर बसेकी छिन् । ४ दाजुभाइ बैदेशिक रोजगारीमा रहेका र बाबा आमा रुपन्देही बस्दै आउनु भएको छ । बच्चै देखि गीत गाउने बानी रहेकी केसीले २०७० देखि बाहिरी दुनियालाई पनि गीत सुनाउन थालेकी हुन् । उनले स्वर दिएका ५ गीतले अहिले बजारमा चर्चा कमाइ रहेका छन् । हालै लोभै लाग्ने जिउ भिडियो सिडी बजारमा ल्याएकी उनले अब अर्को पञ्चे बाजाको तयारी गरेकी छिन् । उनै निशा केसी सँग नवविकल्पका कला संवाददाता अमृत बास्कुनेले गरेको छोटो कुराकानी ।
स्वागत छ तपाइलाई ।

 

DSC_0729
– धन्यवाद ।

साँगीतीक क्षेत्रमा किन आउनु भयो ? प्रेरणाले कसको ?
– सानै देखि गीत गाउने सोँच थियो । अचानक भएको निर्णय होइन । म्याग्दी एफएममा अमीत विश्वकर्माले सञ्चालन गर्ने देउराली कार्यक्रममा तीन पटक उत्कृष्ट भएँ म त्यस पछि यस क्षेत्रमा आउन सहज र सजिलो भयो । बिकाश विश्वकर्माले पनि यस क्षेत्रमा आउनका लागि सहयोग गर्नुभयो ।

परिवार कुन क्षेत्रमा आवद्ध हुनुहुन्छ र परिवार भन्दा फरक पेशामा आवद्ध हुनुको कारण ?
– मेरो दाजुहरु वैदेशिक रोजगारीमा हुनुहुन्छ भने मेरा बाबा आमा भने कृषीमा आवद्ध हुनुहुन्छ ।

अहिलेसम्म कति गीतमा स्वर दिनुभयो ?
– अहिले सम्म पाँच वटा गीत गाएँ । पहिलो सम्झनाले सारै रोयो मन, दोश्रो मायाँ प्रिति ठूलो, तेश्रो परेलीको दिलमा छ सानु, साँच्चै होल कि हो र अहिले पछिल्लो लोभै लाग्दो जिउ हो । लोभै लाग्दो जिउ अहिले युट्युवमा ६५ हजार हाराहारीले हेरीसक्नु भएको छ ।

गीतमा स्वर मात्र दिने हो कि शब्द रचना र सँगीत भर्ने गर्नुहुन्छ ?
– स्वर पनि दिन्छु र शब्द पनि रचना गर्छु । पहिलो गीत नै मेरो शब्द रचना हो । अहिलेको लोभै लाग्दो जिउ ध्रुव जिसी र मेरो शब्द हो ।

अहिले सम्म कुनै यस्तो क्षण छ यस क्षेत्रमा आएर धेरै ठिक गरेँ भन्ने ?
– गीत सँगीतलाई बच्चा देखिनै मायाँ गर्थेँ । अझै पनि म अगाडी बढ्ने चाहना छ । मैले जे गरेँ ठिक गरेँ जस्तो लाग्छ । म्याग्दी बाहीर जाँदाको बेलामा पनि मलाई गीतकै कारणले गर्दा धेरैले मलाई चिन्ने गर्नु हुन्छ ।

आफ्नो जन्मस्थान र परिवारको बारेमा परिचय दिनु पर्दा ?
– अर्मन गाविसको हिलबाङ हो त्यस क्षेत्रबाट नयाँ कलाकारहरु आउँदै छन् । कृष्णा परियार मेरै गाउँको हुनुहुन्छ । उहाँको कारणले पनि मलाई यस क्षेत्रमा आउन थप हौसला मिल्यो ।

DSC_0832

अहिले कुनै नयाँ गीतको तयारीमा हुनुहुन्छ ? यो कस्तो प्रकारको गीत हो ?
– अहिले नयाँ गीत पञ्चेल बाजाको तयारी गरिरहेको छु । छिटै नै रेकर्ड गर्ने तयारीमा छौं ।

सबै भन्दा बढी सहयोग र प्रेरण कस्को मिल्यो त यस क्षेत्रमा आउँदा ?
– बाबा आमाले मलाई यस क्षेत्रमा आउनका लागि निकै सहयोग गर्नुभयो । अमित विश्वकर्मा, विकाश विश्वकर्माले हौसला बढाए । ध्रुव जिसीले पनि यस क्षेत्रमा सहयोग गर्नु भएको छ ।

गीत गाएर लिएको पहिलो पारिश्रमीक ?
– म्याग्दीको पाखुमा गीत गाएर लिएको थिएँ । २०७१ दशैंको अवसरमा भएको कार्यक्रममा लिएको थिएँ पारिश्रमीक । बिमल श्रीपालीबाट मैले गाएको तेश्रो गीतबाट पनि पारिश्रमीक लिएको थिएँ ।

कलाको क्षेत्रमा लागेर बाँच्न सकिन्छ ?
– केही समय जिल्लामा बसेर संघर्ष गर्ने र पछि सकिएन भने राजधानी गएर भए पनि केही गर्ने कि भन्ने सोँच छ ।

कुन गीतले तपाइको बजार राम्रो लियो ?
– पहिलो गीतले बजार राम्रो लिएको थियो । त्यस पछि अहिलेको लोभै लाग्ने जिउले बजार राम्रो लिएको छ ।

अन्त्यमा केही भन्नु छ कि ?
– मलाई सँधै मायाँ गर्ने मेरो बाबा आमा, दाजुहरु जसले सँधै यस क्षेत्रमा आउन सहयोग र प्रेरणा दिनुभयो । नेपाली गीत संगितलाई मायाँ गर्ने सबैलाई धन्यवाद । मलाई यस क्षेत्रमा आउन सहयोग गर्ने अग्रज कलाकार । अमित, विकास, ध्रुव जिसीको सहयोग पनि अतुलनिय छ । सञ्चार माध्यम जसले निशा के.सी भनेर सबैले चिन्ने बनायो उहाँहरुलाई धन्यवाद । अन्तमा नवविकल्प परिवारलाई विशेष धन्यबाद । नवविकल्प पत्रिकामा प्रकाशित

तस्विरः गीता चौधरी, जिएस डिजिटल कलर ल्याब