राष्ट्रिय समाचार

बारामा २ सैनिकसहित थप ५ जनामा कोरोना पुष्टि

१३ जेठ, बारा । बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा  कोरोना पुष्टि भएको हो । यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको […]

गुल्मीका थप २ जनामा कोरोना संक्रमण पुष्टि, एकजना जनप्रतिनिधि

जेठ १३, २०७७ गुल्मी : गुल्मीमा थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य  कार्यालय गुल्मीले जनाएको छ। दुई जनामध्ये एकजना जनप्रतिनिधि रहेको र एकजना  भारतबाट आई धुर्कोट गाउँपालिकाको क्वारेन्टाइनमा बसेको कार्यलयले जनाएको छ। उनीहरु ३६ र ३७ वर्षका रहेका छन् र […]

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनकाे पुर्णपाठ

१२ जेठ २०७७ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६३ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन जना नागरिकको दुःखद् निधन […]

बेनीका बेवारिसेलाई लायन्स क्लवकाे निःशुल्क खाना

विकल्प न्युज/ बेनि जेठ १२ गते । बेनीका सडकमा अलपत्र र बेवारिसे अवस्थामा भेटिएकालाई सामाजिक तथा परोपकारी संस्था लायन्स क्लव अफ पिस सिटीले निःशुल्क खाना खुवाउने भएको छ । लकडाउनको समयमा अलपत्र परेकालाई उद्धार गरी खुल्लामञ्चस्थित टहरामा राखिएको अवस्थामा केहीदिन यता भोकभोकै रहेको अवस्थामा क्लवले सोमबार विहानदेखि खाना खुवाउन सुरू गरेको क्लवका संस्थापक अध्यक्ष राजेश […]

टिचिङमा पनि पिसिआर परीक्षण, एक ‘सिफ्ट’मा ९६ जनाको क्षमता

जेठ १२, २०७७ काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पिसिआर परीक्षण ल्याब स्थापना गरिएको छ। शिक्षण अस्पतालमा आज पीसीआर परीक्षण ल्याव स्थापना गरिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा. रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरिन्।  नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा पनि बढाउन पूर्ण क्षमतामा ल्याव सञ्चालन गर्न उनले […]

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ८८ पुग्यो

१२ जेठ, बुटवल । प्रदेश ५ मा आठजना नयाँ कोरोना संक्रमित थपिएका छन् । आठजना नयां संक्रमितमध्ये बाँकेका ४ जना, कपिलवस्तुका तीनजना र बर्दियाका एकजना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बांकेको डुडुवा र राप्ती सोनारी गाउँपालिकाका १६ देखि २४ वर्ष उमेरका चारजना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यस्तै […]

कास्कीका ३ नेपालीलाई भारतले अष्ट्रेलियाबाट दिल्ली ल्यायो

१२ जेठ, काठमाडौं । भारतले अष्ट्रेलियामा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा कास्की घर भएका तीन जना नेपालीलाई पनि नयाँदिल्ली ल्याएको छ । कास्की घर भएका अर्जुन प्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना र मुक्तिप्रसाद तिमिल्सिनालाई भारतीय नागरिकहरुसँगै नयाँदिल्ली ल्याइएको हो । उनीहरु बाबु–छोराहरु हुन् । एकजना छोरा बोनम्यारो सम्बन्धी विरामी छन् । अर्का छोराले बोनम्यारो […]

वीरगञ्जमा मृत्यु भइसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

१२ जेठ, काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए । वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने केही जानकारी दिएको छैन । […]

थप ७२ जनामा कोरोना, संक्रमित ६७५ पुगे

१२ जेठ, काठमाडौं । थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् […]

लागुऔषध कारोबारीलाई पक्रन जाँदा गोली चल्यो, एकको मृत्यु

जेठ १२, २०७७ लागुऔषध कारोबारीलाई पक्रने क्रममा भएको झडपमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार रामगोपालपुर–७ मा भएको झडपमा प्रहरीले हवाई फायर गर्दा स्थानीय १६ वर्षीय राजन यादवको मृत्यु भएको हो । प्रहरीका अनुसार लागुऔषध कारोबारी सुरेन्द्र यादवलाई पक्राउ गर्न जाँदा यो घटना भएको हो । यादवलाई पक्राउ गर्न सादा […]

भरतपुर अस्पतालको आईसीयूमा एक जनाको मृत्यु

१२ जेठ, चितवन । भरतपुर अस्पतालमा कोरोना संक्रमितको उपचार गर्नका लागि तयार गरिएको आईसीयूमा एक बिरामीको मृत्यु भएको छ । आइतबार राति १२ बजे बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका पुरूषको राति ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसयन डा. प्रमोद पौडेलले बिरामीमा […]

थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०० नाघ्यो

११ जेठ, काठमाडौं । थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०० नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार मोरङ बारादशी-३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा […]

आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं  जेठ ११, २०७७ कोरोेना रोकथाम तथा नियन्त्रणमा भइरहेको कार्यप्रगति र आगामी दिनमा अपनाउनुपर्ने भूमिका र बजेटका विषयमा छलफल गर्न आइतबार बिहान अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद् बैठकको समय तय गरेर त्यही अनुसार मन्त्रीहरुलाई खवर गरिएको थियो । तर, दिउँसो फेरि आजको बैठक सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको सूचना आएको एक मन्त्रीले जानकारी दिए […]

बारामा किट अभावले कोरोना परीक्षणमा ढिलाइ

११ जेठ, काठमाडौं । बारामा किट अभाव हुँदा सम्भावित कोरोना संक्रमितको परीक्षणमा ढिलाइ भएको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको तर स्वाब संकलन गर्ने भाँडा (भीटीएम) र पीसीआर किटको अभाव हुँदा परीक्षणमा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले  जानकारी दिए । प्रजिअ पण्डितले पर्याप्त किट उपलब्ध नभएको र परीक्षण गर्न आवश्यक नभएका […]

बागलुङका ४ स्थानीय तह सिल

११ जेठ, बागलुङ । कोरोना संक्रमणको जोखिम हुन नदिन आजदेखि जिल्लाका ४ स्थानीय तह सिल गरिएको छ । बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल गरिएको हो । स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रतिनिधिलगायत सरोकार भएका पक्षको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी […]