राष्ट्रिय समाचार

आइसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना पुष्टि

१८ जेठ, काठमाडौं । बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।onlinekhabar

अन्नपूर्ण  गाउँपालिका ५ शिखकी एक गर्भवती महिलाको हेलिकप्टर बाट उद्दार

विकल्प न्युज/ बेनि जेठ १८ गते ।  अन्नपूर्ण  गाउँपालिका ५ सिखकी एक गर्भवती महिलाको हेलिकप्टर बाट उद्दार भएको छ । निरन्तर रक्तश्राव भएपछि उनकाे थप उपचारका लागि हेली उद्दार मार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइ पुर्याइएको हो । महिलाकाे स्वास्थ्य अवस्था सिकिस्त हुँदै गएको जानकारी प्राप्त भएपछि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमार्फत हेली उद्दार गरिएको मन्त्री […]

शनिबार १८९ थपिए, कुल संक्रमित १४०१ पुग्याे

विकल्प न्युज/ बेनी जेठ १७ गते । नेपालमा काेराेना संक्रमितकाे संख्या १४०१ पुगेकाे छ । शनिबार मात्रै १८९ थपिएकाेे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेेस जानकारिका मार्फत जनाईएकाे छ ।

कपिलवस्तुमा एकैदिन ७७ जनामा संक्रमण पुष्टि

१७ जेठ, बुटवल । कपिलवस्तुमा शनिबार थप ७७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । शनिबार थपिएका नयां संक्रमितहरुमध्ये महाराजगञ्ज नगरपालिकाका १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि  ४५ वर्षसम्मका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका १६ वर्षदेखि ४८ वर्षसम्मका २६ जना पुरुष र २५ र १९ वर्षका दुई जना महिला छन् […]

भारतबाट म्याग्दी अाएका २९ जनाकाे रिपोर्ट नेगेटिभ

विकल्प न्युज/ बेनि जेठ १७ गते । भारतबाट म्यादी अाएका २९ जनामा गरिएकाे काेराेना परिक्षण रिपोर्ट नेगेटिभ अाएकाे छ । जेठ १० गते भारतको सिमा नाकाबाट उद्धार गरि बेनीको म्याग्दी बहुमुखुी क्याम्पसको क्वारेन्टिनमा बसेका मध्य २९ जनामा काेराेना नभएको पुष्टि भयकाे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभएको  । उनिहरूकाे  १५ गते स्वाब संकलन गरि […]

थप १७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१२ पुग्यो

काठमाडौं –  नेपालमा थप १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएका देशका विभिन्न जिल्लाका छन्। आज थप भएका १७० सहित नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ। हालसम्म नेपालमा […]

रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

१६ जेठ, रौतहट । रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण भेटिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पुष्टि गरे । प्रजिअ घिमिरेका अनुसार राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै रौतहटमा […]

उच्चस्तरीय समन्वय समिति बैठक बस्दै

काठमाडौं,जेठ १६ कोरोना रोकथामका लागि भइरहेका प्रयास र लकडाउनको अवस्थाबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा २ बजे बैठक बस्न लागेको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले  बताए। आजको बैठकमा कोरोना रोकथामका लागि भइरहेका प्रयास,लकडाउनको प्रभावकारितासँगै विदेशबाट फर्किन चाहनेहरूका विषयमा समेत छलफल हुने बताइएको छ। विदेशमा […]

भक्तपुरकी कोरोना संक्रमित ६ दिनमै डिस्चार्ज

१६ जेठ, भक्तपुर । एकजना कोरोना संक्रमित कोरोना पुष्टि भएर अस्पताल भर्ना भएको ६ दिनमै डिस्चार्ज भएकी छन् । पाटन अस्पतालमा भर्ना भएकी भक्तपुर नगरपालिका की ४२ वर्षीया महिलाको ६ दिनमै पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएकी हुन् । यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा उनको स्वाब सङ्कलन गरिएको थियो ।  […]

कपिलवस्तुमा थप चारजनाले जिते कोरोना, निको हुनेको संख्या १५ पुग्यो

जेठ १६, २०७७ कपिलवस्तु : कपिलवस्तुमा कोरोना संक्रमणबाट १५ जना मुक्त भएका छन्।  जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार चारजना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमण मुक्त हुनेमा कृष्णनगर नगरपालिकाका तीन र शिवराज नगरपालिकाका एकजना रहेका छन्। उनीहरुको  कोरोना विषेश अस्पताल दाङमा उपचार भएको थियो।  यससँगै कपिलवस्तुमा निको हुनेको संख्या १५ पुगेको छ। यसअघि कोरोना […]

आज मे २९ अर्थात् सगरमाथा दिवस

१६, २०७७ काठमाडौं : आज मे २९ अर्थात अन्तर्ष्ट्रिय सगरमाथा दिवस। ६७ वर्षअघि सगरमाथाको शिखरमा मानव पाईला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ। नेपाल सरकारले  सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेकाे थियो। सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण […]

एकैदिन १७१ मा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ११९८

१६ जेठ, काठमाडौं । नेपालमा एकैदिन बिहीबार एकैदिन १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकैदिन भेटिएको अहिलेसम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार १९८ पुगेको छ । स्वार्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चार […]

कोरोना संक्रमित युवालाई बेनी अस्पतालको आइसोलेशन वार्डमा ल्याउने तयारी

विकल्प न्यूज/बेनी जेठ १५ गते ।  विहिवार कोरोना संक्रमित पुष्टी भएका म्याग्दीका एक युवालाई बेनी अस्पतालको आइसोलेशन वार्डमा ल्याउने तयारी गरिएको छ । मालिका गाउँपालिकाका ३० वर्षीय युवामा कोराना भाइरस पुष्टी भएको हो । यसै हप्ता भारतबाट आएका १४ जनालाई वेष्टप्वाइन्टमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो । बुधवार उनीहरुको स्वाव संकलन गरि परिक्षणका लागि पोखरा पठाइएको थियो […]

म्याग्दीमा एकजनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी जेठ १५ गते । म्याग्दीमा  एकजनामाा  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतबाट याे हप्ता अाएका उनी बेनिकाे वेष्ट प्वाइन्ट मा बनाईएकाे  क्वारेन्टाइनमा बसेका  थिए । काेराेना पुष्टि भएका ३० वर्षिय  युवा मालिकागाउपालिकाका  हुन । एकजनामा कोरोना संक्रमण देखिएको बेनि अस्पताल विकास  समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारि दिनुभयाे । बुधवार […]

रुकुम चौरजहारी घटना : थप एक जनाको शव भेटियो

१५ जेठ, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका भेरी नगरपालिका–४ काा १९ वर्षीय सञ्जु विकको शव बिहीबार फेला परेसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो । जाजरकोटका डीएसपी किशोर श्रेष्ठका […]