ताजा समाचार:
Search

राष्ट्रिय समाचार

सुदूरपश्चिममा थप तीन जनामा संक्रमण, दार्चुलामा पहिलो संक्रमित फेला

जेठ १५, २०७७ डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा थप तीन जना कोरोनाका बिरामी थपिएका छन्।  सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरे। प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा कोरोना भाइरसको नियन्त्रणका लागि प्रदेश सरकारले गरेको गतिविधिको बारेमा जानकारी गराउँदै मन्त्री सुवेदीले  थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिएका […]

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

१५ जेठ, वीरगञ्ज । प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको […]

स्याङ्जामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

१५ जेठ, पोखरा । स्याङ्जामा थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘उहाँहरु भारतबाट आउनु भएको हो र क्वारेन्टाइनमै छन् । अब सरकारी अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ,’ निर्देशनालयका डा. […]

कोरोना संक्रमणका कारण ललितपुरमा १ जनाको मृत्यु

१४ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, […]

१२९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ९ सय नाघ्यो

१४ जेठ, काठमाडौं । नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको […]

देशभर हालसम्मकै धेरै ११४ जना कोरोना संक्रमित थपिए

जेठ १४, २०७७ काठमाडौं :  बुधबार एकै दिन देशभरका विभिन्‍न स्थानमा ११४ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार मात्रै देशका विभिन्‍न स्थानमा ११४ जना संक्रमित थपिएको पुष्टि गरेका छन्। मन्त्रालयमा कोभिड-१९ बारे भएको नियमित प्रेस ब्रिफिङमा देवकोटाले यो जानकारी दिएका हुन्। मंगलबार मात्रै देशभर ९० जना कोरोना संक्रमित थपिएका […]

कोसी अस्पतालमा थप ४ जना काेराेना संक्रमित निकाे भए

१४ जेठ, विराटनगर । विराटनगरस्थित कोसी कोभिड १९ अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमित निकाे भएका छन् । कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार बुधबार ४ जनाको रिपोर्ट नेगेटिभ आएकाे जानकारी दिइन् । उनका अनुसार काेराेना निकाे हुने चारै जना उदयपुर भुल्केका हुन । कोरोना निको हुनेमा ३ महिला र १ […]

प्रदेश २ मा एकैदिन थपिए ४५ संक्रमित, ३५ जना रौतहटका

१४ जेठ, काठमाडौं । प्रदेश २ मा बुधबार मात्रै ४५ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो । संक्रमितहरूमध्ये रौतहटका मात्रै […]

संविधान संशोधन विधेयकलाई समर्थन गर्ने राप्रपाको निर्णय

१४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा पेस गर्ने तयारी गरिएको संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको बैठकले संविधान संशोधनमा समर्थन गर्ने निर्णय गरेको हो । सो पार्टीका केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान र भास्कर भद्राले विधेयकको पक्षमा मतदान […]

स्वास्थ्य सामाग्री लिन आज चीन जाँदै जहाज, आधा स्वास्थ्य सामाग्री आइसकेको सेनाको भनाइ

बुधबार, जेठ १४, २०७७ नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री लिन वाइडवडी जहाज आज साँझ चीन जाने भएको छ। चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामाग्री लिन वाडइवडी त्यसतर्फ जान लागेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेलेबताए। ‘आज साँझ वाइडवडी चीन जाने तय भएको छ। ग्वाङ्जाओ स्वास्थ्य सामाग्री लिएर भोलि फर्किन्छ’, सैनिक प्रवक्ता पाण्डेले भने,’चीनबाट २८.६६ टन स्वास्थ्य […]

हेटौंडाकी २५ वर्षीया महिलामा कोरोना पुष्टि

१४ जेठ, हेटौंडा । हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि चौकीटोलमा उनी बस्दै आएको घर सिल गरेर सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए यही जेठ ९ गते चितवनबाट हेटौंडा आएकी उनको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको हेटौंडा अस्पतालका डाक्टर प्रविण श्रेष्ठले जानकारी […]

उचाई नाप्न सगरमाथाको चुुचुरोमा पुग्यो चिनियाँ टोली

ठ १४, २०७७ काठमाडौं : सगरमाथाको उचाई नाप्न चिनियाँ टोली सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको छ।  चिनियाँ प्राविधिकसहितको जम्बो टोली सगरमाथामा शिखर पुगेको हो। चीनपट्टीको क्षेत्र हुँदै उनीहरु सगरमाथा पुगेका हुन्। सर्भेयर टोलीले ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसिभर, गुरुत्वाकर्षण मापनका लागि ग्राभिमिटर, स्नो डेफ्थ राडर र मेट्रोलोजिकल मेजरिङ इन्स्ट्रुमेन्टको प्रयोग गरी चोमोलङमा (सगरमाथा)को उचाईको पुनः […]

चट्याङ लागेर सिन्धुलीमा एकजनाको मृत्यु

जेठ १४, २०७७ सिन्धुली : चट्याङ लागेर कमलामाई नगरपालिकामा एक पुरुषको मृत्यु भएको छ।  बुधवार बिहान पानीसँगै परेको चट्याङ लागि कमलामाई–४ देउरालीका ४२ वर्षीय बासु सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार कमलामाई–६ रातामाटाका मोहन सापकोटाको घरको तेस्रो तल्ला ढलान गर्ने क्रममा उनलाई […]

बर्दियाकाे क्‍वारेन्टाइनमा रहेका एक पुरुषकाे मृत्यु

जेठ १४, २०७७ बर्दिया : गुलरिया नगरपालिकास्थित बबई क्याम्पसमा रहेको क्‍वारेन्टाइनमा बसेका ५५ वर्षीय एक पुरुषको ज्यान गएको छ। स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार ती पुरुषको हृदयघातका कारण ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। मृतकको कोरोना परीक्षण गर्ने तयारी भइरहेको उनले बताए। मृतक दुईदिन अघि अछाम जिल्लाबाट बर्दिया आएको बुझिएको छ। उनकाे स्वाब […]

बाग्लुङका काेराेना संक्रमितलाई धाैलागिरि अस्पताल ल्याईदै

गलुङ, १४ जेठ – बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण भएको भएको छ। पछिल्लो समयमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनाको नमूना परिक्षणमा कोरोना संक्रमण देखिएको हो । जिल्लाको बडिगाड गाउँपालिकाको त्रिभूवन मावि क्वारेन्टाइनमा रहेका दुइ जना र तमानखोला गाउँपालिकाको धनगौज्योती मावि क्वारेन्टाइनमा रहेका चार जनामा कोरोना संक्रमण भएको गण्डकी स्वास्थय विज्ञान प्रतिष्ठानमा रहेको प्रयोगशाला […]