राष्ट्रिय समाचार

काेराेनाबाट थप एकजनाकाे मृत्यु

२१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ । मृतक दोलखाका ७६ वर्षीय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनकाे टिचिङ अस्पतालमा उपचार भईरहेकाे थियाे । उपचारका कर्ममा उनकाे मृत्यु भएकाे हाे ।

एकैदिन २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

२१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ ।

जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

जेठ २१, २०७७ काठमाडौं : पछिल्लो एक हप्तादेखि कोरोना भाइरसको संक्रमण दर ह्वात्तै बढेर जोखिम बढ्दै गएपछि सरकारले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणा गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा संख्या मन्त्रालयले  जनस्वास्थ्य संकटकाल घोषणाको तयारी गरेको हो। मन्त्रालयले तयार पारेको जनस्वास्थ्य संकटकाल घोषणाको कार्ययोजना मन्त्रिपरिषदबाट पास हुनासाथ लागू हुने मन्त्रालय स्रोतले जनाएको छ। मन्त्रालय स्रोतका अनुसार आज प्रधानमन्त्रीले […]

काठमाडौं मेडिकल कलेजका थप एक चिकित्सकमा कोरोना संक्रमण

२१ जेठ, काठमाडौं ।] सिनामंगलको काठमाडौ मेडिकल कलेजका थप एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार २ जना स्वास्थ्यकर्मी र दुई जना बिरामीमा कोरोना संक्रमण भएको यस मेडिकल कलेजमा बुधबार एक चिकित्सकमा संक्रमण पुष्टि भएको मेडिकल कलेज प्रमुख डा. चन्दा कार्कीले जानकारी दिइन् । हाल अस्पताल निर्मलीकरणका लागि आकस्मिकसहित सबै सेवा बन्द […]

कपिलवस्तुका ५ सुरक्षाकर्मीसहित थप ८ ले कोरोना जिते

जेठ २१, २०७७ कपिलवस्तु : कपिलवस्तुमा बुधवार ८ कोरोना संक्रमित निको भएका छन । यो सहीत जिल्लामा कोरोना विजयी हुने को संख्या ३२ पुगेको छ।  कोरोना जित्नेमा ५ जना रक्षाकर्मी पनि रहेका छन्। नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक, हवलदार, सशस्त्र प्रहरी नायव निरीक्षक, सशस्त्र प्रहरी जवान र राष्ट्रिय अनुसन्धानका एक कर्मचारीले कोरोना जितेका हुन्। उनीहरु […]

अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पताल भर्ना गरिन्छः मन्त्री ढकाल

काठमाडौं ।जेठ २१, २०७७ स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन् । अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्याइमेट एक्सन फाउण्डेशन (हेकाफ ३६०) ले आज उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्य अवस्थाका बिरामीलाई […]

लकडाउनको स्वरुप फेरिँदै, प्रधानमन्त्रीले बालुवाटारमा बोलाए विज्ञलाई

जेठ २१, २०७७ काठमाडौं : चैत ११ गतेदेखि जारी लकडाउनको अवज्ञा हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल थालेका छन्। लकडाउन अढाई महिना पुग्दै गर्दा जनजीवन संकटग्रस्त भएपछि अहिलेसम्मको समीक्षा र नयाँ विकल्पबारे प्रधानमन्त्री ओलीले बुधबार विज्ञहरुसँग संवाद गर्ने भएका हुन्।  प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह ४ बजे बालुवाटारमा छलफल गर्ने […]

दाङमा भरियो कोरोना अस्पताल, क्वारेन्टिनमै संक्रमित

दाङ ।जेठ २१, २०७७   एक सय बेड भनिएको कोरोना विशेष अस्पताल ५० जना बिरामीले नै भरिएपछि पछिल्लो पटक संक्रमित भएका बिरामीहरुलाई सम्बन्धित क्वारेन्टिनमै राखिएको छ । जिल्लाका प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने संक्रमित बिरामीलाई राखिएको छैन । संघीय सरकारले आइतबार मात्रै क्वारेन्टिनलाई अपग्रेड गरी आइसोलेसन निर्माण गर्ने रणनीति बनाएसँगै अब […]

पर्सामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

२१ जेठ, वीरगञ्ज । पर्सामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो । कालिकामाईमा ४ जना, सखुवाप्रसौनीमा २ जना र विन्दबासिनी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । संक्रमितहरु सबै क्वारेन्टिनमा राखिएका पुरुष हुन् […]

जुम्लामा ३ दिनका लागि निषेधाज्ञा जारी

२१ जेठ, सुर्खेत । जुम्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी […]

डडेल्धुरामा क्वारेन्टिनमा बसेकी ३० वर्षीय महिलाको मृत्यु

बुधबार, जेठ २१, २०७७ डडेल्धुरामा क्वारेन्टिनमा बसेकी ३० वर्षीय महिलाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोटको क्वारेन्टिनमा बसेकी महिलाको हिजो राती १० बजे मृत्यु भएको हो। ती महिला जेठ १८ गते भारतको नयाँ दिल्लीबाट गौरीफण्टा नाका हुँदै डडेल्धुरा फर्किएकी थिइन्। बेलुकाको खाना खाइसकेपछि सामान्य अवस्थामा रहेकी महिला राती श्रीमान्सँग शौचालय […]

थपिए २८८ जना कोरोना संक्रमित, कुल संख्या २ हजार ९९ पुग्यो

काठमाडौं । जेठ २० गते । नेपालमा आज (मंगलवार) एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको हो । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार आज थपिएका […]

म्याग्दीको मालिका गाउँपालिकाको क्वारेन्टाइनमा वसेका एक युवा म्याग्दीखोलामा वेपत्ता

विकल्प न्यूज/बेनी जेठ २० गते । फाइल तस्विर म्याग्दीको मालिका गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा वसेका एक युवा म्याग्दी खोलामा वेपत्ता भएका छन् । मालिका गाउँपालिका ६ छ्यारछ्यारे स्थित जनप्रिय माविको क्वारेन्टाइनमा वसेका धौलागिरि गाउँपालिका ७ नम्बर वडा धारापानीका वर्ष १९ का राजेश थापा मंगलवार दिउसो साढे एक बजे खोलामा नुहाउँदा बेपत्ता भएका हुन । भारतबाट जेठ […]

प्रदेश २ मा थप १२० जनामा कोरोना संक्रमण, रौतहटमा मात्रै ७४ जना नयाँ संक्रमित

रौतहट,जेठ २० प्रदेश २ मा आज एकैदिनमा थप १२० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रौतहट र बारामा गरी थप १२० जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रदेश नम्बर दुईका स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत डाक्टर विजय झा जानकारी दिए। उनका अनुसार रौतहटमा मात्रै ७४ जना नयाँ संक्रमित भेटिएका हुन्। पछिल्लो […]

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६६८, तीन हजारको रिपोर्ट आउन बाँकी

१९ जेठ, बुटवल । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६७८ पुगेको छ । मंगलबार कपिलवस्तुमा १७ जना,रुपन्देहीमा ८ जना र नवलपरासी पश्चिममा एकजना नयाँ संक्रमित थपिएका सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएका हुन् । मंगलबार कपिलवस्तुमा थपिएका नयाँ संक्रमितहरुमा शिवराज नगरपालिकाका १५ जना तथा बाणगंगा नगरपालिका र महाराजगन्ज नगरपालिकाका एक/एक जना रहेका छन् । […]